कोरियामा फ्लू खोप लगाएपछि मृत्य हुनेको संख्या ४८ पुग्यो , खोप कार्यक्रमलाइ भने निरन्तरता दिने

2142

दक्षिण कोरिया सरकारले निशुल्क वितरण गरेको मौसमी  रुघाखोकी बिरुद्वको  फ्लूको  खोप लगाएपछि मृत्यु हुनेको संख्या शनिवार  सम्म ४८    पुगेको छ l

स्थानीय मिडिया रिपोर्ट अनुसार, खोप सुरक्षा बारे  डर बढाए पनि  स्वास्थ्य अधिकारीहरुले  भने सरकारको १ करोड ९० लाख जनतालाई  नि: शुल्क खोप लगाउने कार्यक्रम स्थगित गर्ने कुनै योजना नभएको छ बताएका छन् l

कोरिया रोग नियन्त्रण केन्द्रले मृत्यु भएका मध्ये २०  जना खोपको कारण नभई अन्य कारण भएको बताएको छ l त्यसैगरी अन्य मृत्यु हुनेमा   पनि धेरै उमेर ढल्केका र दिर्घरोगि रहेको जनाएको छ l

कोरियन समाचार एजेन्सी योंघापका अनुसार खोप प्रयोग गरेका मध्ये मृत्यु हुनेमा १७ बर्षीय युवक  देखि ८२ बर्षीय बृद्व सम्म छन्  l यसरि खोप लगाएपछि मृत्यु हुनेको संख्या यसपटक सबैभन्दा धेरै हो l यसभन्दा पहिला  सन् २००५ मा ५ जनाको मृत्यु भएको थियो l

कोरियामा मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न  सरकारले निशुल्क रुपमा उक्त खोप  दिदै आएको छ l

दक्षिण कोरियाका खोपहरू विभिन्न स्रोतबाट आउँदछन्। निर्माताहरूमा स्थानीय औषधि निर्माता जीसी फार्मा, एसके बायोसाइन्स र इल्याङ्  फार्मास्युटिकल को साथसाथै फ्रान्सको सनोफी र बेलायतको ग्लैक्सोस्मिथक्लाइन पनि समावेश गरिएको छ । वितरकहरूमा एलजी चेम लिमिटेड र बोरियंग बायोफर्मा कम्पनी लिमिटेड, बोरयंग फर्म कम्पनी लिमिटेडको आदि  पर्दछन l

प्रतिक्रियाहरू