दक्षिण कोरियामा केहि दीन यता कोरोना भाइरसको प्रकोप पुनः बढेको छ l
कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार बिगत ३ साता देखि दैनिक नया संक्रमित थपिने क्रम २ डिजिटमा सिमित रहदैआएकोमा यो हप्ता ३ डिजिटक दरले बढ्न थालेको छ l
यसरि नयाँ संक्रमित थपिनेमा बिसेषगरि सामुहिक संक्रमण बढी छ l पछिल्लो समय बिभिन्न नर्सिंङ् होम ,अस्पताल तथा पारिवारिक जमघटहरुबाट सामुहिक सङ्क्रमण बढ्न थालेपछि सरकारले ति स्थानहरुलाई उच्च निगरानीमा राखेको छ l
कोरियामा बिहिबार १२५ जना नयाँ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या २६ हजार २ सय ७१ पुगेको छ l बिहिबार थपिएका नया संक्रमित मध्ये १०६ जना जना स्थानीय छन् भने विदेशबाट संक्रमित भै आउनेको संख्या १९ छ l त्यसैगरी बुधवार १०३ जना नया संक्रमित थपिएका थिए l
पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले गत अक्टोबर १२ देखि केहि खुल्ला गरेको सामाजिक दुरीलाई पुनः बढाउने तयारि गरेको छ l के कस्तो सामाजिक दुरी बढाउने भन्ने वारे आबस्यकता अनुसार आगामी आइतवार निर्णय सार्वजनिक गर्ने बताएको छ l