दक्षिण कोरियामा फ्लू खोप लगाएपछि मृत्यु हुनेको संख्या ८८ पुग्यो

627

दक्षिण कोरिया सरकारले निशुल्क वितरण गरेको मौसमी  रुघाखोकी बिरुद्वको  फ्लूको  खोप लगाएपछि मृत्यु हुनेको संख्या मंगलवार सम्म  ८८ पुगेको छ l

कोरिया रोग नियन्त्रण केन्द्रका अनुसार यसरि मृत्यु हुनेमा ८३ जनाको खोप संग थोरै मात्र सम्बन्ध रहेता पनि बाँकि ५ जनाको भने अझै छानबिन भैरहेको छ lमृत्यु हुने अधिकांस पाको उमेरका र दीर्घरोगी छन् l

यधपी स्वास्थ्य अधिकारीहरु भने मृत्युको कारण फ्लू खोप नरहेको बताउदै आएका छन् l

यसरि मृत्युहुनेमा ३८ जना ७० बर्ष नाघेका ब्याक्तिहरु छन् भने ३५ जना ८० नागेका छन् lत्यसैगरी ७ जना ६० बर्ष मुनिका र ८ जना ६० नाघेका छन् l

यस बर्ष १९ मिलियन  नागरिकलाई निशुल्क फ्लू खोप लगाउने कोरिया सरकारको योजना अन्तर्गत हाल सम्म ११.९ मिलियन मानिसहरुले खोप लगाइसकेका छन् l

यसरि खोप लगाएपछि मृत्यु हुनेको संख्या यसपटक सबैभन्दा धेरै हो l यसभन्दा पहिला  सन् २००५ मा ५ जनाको मृत्यु भएको थियो l

कोरियामा मौसम परिबर्तन हुदै गर्दा सम्भावित रुखाखोकिको महामारीलाई नियन्त्रण गर्न  सरकारले निशुल्क रुपमा उक्त खोप  दिदै आएको छ l

दक्षिण कोरियाका खोपहरू विभिन्न स्रोतबाट आउँदछन्। निर्माताहरूमा स्थानीय औषधि निर्माता जीसी फार्मा, एसके बायोसाइन्स र इल्याङ्  फार्मास्युटिकल को साथसाथै फ्रान्सको सनोफी र बेलायतको ग्लैक्सोस्मिथक्लाइन पनि समावेश गरिएको छ । वितरकहरूमा एलजी चेम लिमिटेड र बोरियंग बायोफर्मा कम्पनी लिमिटेड, बोरयंग फर्म कम्पनी लिमिटेडको आदि  पर्दछन l

प्रतिक्रियाहरू