कोरियामा २ जना महिलाको बलात्कार पछि विभत्स हत्या गर्ने एक ब्याक्तिलाई जन्म कैदको फैसला

7121
Close up of male hands in bracelets behind back

दक्षिण कोरियाको जेओन्जु  जिल्ला अदालतले दुइ महिलाको बलात्कार पछि निर्मम  हत्या गरेको आरोपमा एक ३१ बर्षीय पुरुषलाई बिहिबार जन्म कैदको फैसला सुनाएको छ l

कोरियन समाचार एजेन्सी योंघापका अनुसार  अदालतले उक्त पुरुषलाई चोरी, डकैति , बलात्कार तथा हत्या आरोपमा उक्त सजय सुनाएको हो l

चोई शिन जोंग नामको उक्त  ब्याक्तिले गत अप्रिलमा कोरियाको दक्षिणी प्रान्त जेओंन्जुमा  आफ्नै श्रीमतीको ३४  बर्षिय साथिलाइ लुटपाट तथा बलात्कार पछी हत्या गरि शवलाइ खोलामा फालेको अदालतले पुष्टि  गरेको छ l
त्यसैगरी  सोहि महिना उक्त ब्याक्तिले बुसानमा  मोबाइल च्याटिङ् एप बाट सम्पर्कमा आएकी अर्की एक २९ बर्षीय  महिलाई समेत बलात्कार पछी  निर्मम हत्या गरेको पुष्टि भएको छ l

बिहीबार अदालतको फैसलाको क्रममा चोईले जोड दिए कि उनले महिलालाई बलात्कार गर्ने वा लुट्ने कुरा याद छैन किनकि उनी त्यस समयमा लागुपदार्थको प्रभावमा थिए।

“मानव जीवनको पूर्ण मूल्यलाई ध्यानमा राखी कुनै पनि कारणले हत्याको कार्यलाई माफ गर्न मिल्दैन, सुनवाईका क्रममा आरोपीले व्यक्त गरेको पश्चातापको लाइ औंल्याउँदै अदालतले भन्यो ।

प्रतिक्रियाहरू