“कोरियामा काम के हो बैनि?मुला उखेल्नी”

1547
खुवान्जुबाट नाजु जॅाने बाटो,नोआन नजिकै बिसाल मुला बारी ।ओ माई गड!जय कृषि जय किसान।कृषि मुलश्चय जीवनम।साईकल रोकियो,फोटो खिचीयो।फोटोमा पुरै गरो अटाउने नो चान्स। जस्ट २/४ क्लिक गरे।एति धेरै मुला ॲाखाले पहिलो पटक देखेका थिए।मेरी ॲावई!३हल गोरुले एकदिनमा जोतेर सकिदैन होला ? मेरो अनुमान ।जताततै मुलै मुला।
नोभेम्बरको चिसो ।ईष्टको देस । लुकिछिपि फोटो खिच्नु पर्ने।फेसबुकमा पोष्टाउनु पर्ने।लाईक कमेन्टमै रुमल्लिएको  जिन्दगी।यो अवसर हो।मनमनै सोचिरहेको छु।साना साना खुसि बटुल्ने।तस्बिरको भकारी भर्नि।अक्षरको बिस्कुन सुकाउनी।न ईनै अक्षर मुलाको अचार झै चोटिला र गुन्द्रुक  झै ओभानो हुनि हुन कि?मनमा एस्तै ॲाधिबेहरी चलेकै अवस्था छ।
घरीएता घरी उता बरालिएको छु। आधा भागमा पुगेछु।अचम्म!नेपाली आवाज पो सुनियो।तर्साउन पो दियो कि?झसॅग भए।कुन मुलाको साग आयो ?समुधुर आवाजमा एउटीले भनिन।वेईगुके (बिदेसी)मुला जस्तै छ अर्किले भनिन।नेपाली नै होला जस्तै छ बाई !भनेर  चुप को संकेत गर्दै अर्कीले अर्किलाई प्याट्ट हानिन।लाईन लगाएर मुला उखेल्दै गरेका युवतीहरुका कुरा सुनेर मलाई हॅासो रोक्न गारो भयो।नजिकै पुगेर माक्स खोले पछि हॅासोको फोहरा छुट्यो।सर्को परिन्जेल तिनै जना गुडुल्की परेर पेट मिची मिची हॅासे।धेरै पछि मात्रै नमस्कार बाट कुराकानी शुरु भयो।
मुला बारी हरियो थियो।मुला सेता थिए।रमाईलो भेटघाटका कारण युवतीहरु मार्फाली स्याउ झै राता देखिन्थे।नदेखे को हो ,को हो,देखे मॅया मोह भनेझै हाम्रो परिचय नेपाली साईनो दाजु बैनीबाट शुरुभयो।बाग्लुङ,पोखरा,पाचथरका बैनी रहेछन।पोखरा बाग्लुङका बैनीले त हाम्रो नागडॅाडा पनि घुमेका रहेछन।काम के हो बैनी?मैले सामुहिक प्रश्न गरे।के हुनु दाई!ई एहि हो मुला उखेल्नी।उनले आकर्षक शैलीमा उखेल्दै भनिन।म फेरी हॅासे।उनले भनिन तरिका छ नि दाई !भॅाचियो भने साहुले गाली मात्रै गर्दैन।भॅाचिएको मुला गनेर थोन(पैसा)काट्छ।
काम दाम बस्नि ठाम कस्तो छ तनि?मैले एकमुष्ट सोधेपछि उनिहरु पालैपालो भन्छन।काम एस्तै हरि मरी आफ्फा(टाउको ढाड दुख्नी)छ दाई!बर्षामा खोछु,(खुर्सानी)हिउॅदमा यहि मुला हो।महिनामा २दिन छुट्टी हुन्छ नत्र बिहान ७बजे देखि ५बजे सम्म हुन्छ।काम त गारो छ ।तैपनि मन मिल्ने दीदीबैनि छौ अईले सजिलै छ।साहु त ठिकै छ।साहुनी अलि किच्चड छन।बस्नि ठॅाउ राम्रै छ।बोईलर(भॅुई तातो)छ।ग्यॅास,चामल र कहिलकाही मासु पाईन्छ।दाम छैन बेसिक हो।खर्च कटाएर डेडलाख कम्तिमा पठाईन्छ।कामको कुरा गर्दा दिग्दार लाग्छ दाम संझिदा खुसि लाग्छ दाई।कुरा गर्दा पनि उनिहरु काम गरिरहेकै थिए।साहुले टार्गेट दिएर गाको छ।तेति सक्नै पर्छ।सुस्केरा हाल्दै एउटीले भनिन।
नेपालमा पनि  एस्तै गर्न सकिदैनर?मैले भने।गरे त हुन्थ्यो नि।किन नहुनी ?झन हाम्रो त बाह्रैमास हुन्छ।तर मुला बेचे मुले भन्छन।गुन्द्रुक बेचे गुन्द्रुके भन्छन।नेपाली किसान त हॅास्यव्यङय कार्यक्रमको पात्र हुन्छन।गरिब दुखी:जो छन ति किसान छन।कामको र किसानको सम्मानै छैन।यॅाहा एउटा मुलाको छनवन देखि सामछन(१सय देखि ३सय)रुपैया सम्म पर्छ।बजार मल बिउ सिचाईको राम्रो व्यवस्थापन छ।हाम्रोमा वातावरण नै छैन।तर हामि नेपाल गएपछि हात बॅाधेर बस्तैनौ।जे गरेपनि कोरियन स्टाईलमै गर्छौ।यो पक्का हो उनले दृढ बिश्वासका साथ भनिन।अरुले टाउको हल्लाए।
प्रतेक मिनटको महत्व बुझेका ई बैनिहरुले मेरो काम ठॅाउ दाम सोध्नि हिम्मत गरे।मैले सर्टकटमा बताए।सकेसम्म देखेको कुरा लेख्नी गरेको छु भनेपछि उनिहरु एकाएक झस्किए।ए दाई !साजिन(फोटो) कस्ता खिच्नुभयो देखाउनुस भने।मैले देखाए।उनिहरुको अनुहार देखिने सवै फोटा डिलिट गरीदिए।मैले नॅई नास्ति गरिन।मुलाबारीका यि फोटा अनलाईन पेपरमा छाप्ने अनुमति  उनिहरुले मलाई दिए।तिहारमा सेलरोटी खान निमन्त्रणा गरे।उत्तिखेरै फेसबुकमा साथि भयौ।उनिहरुलाई माईती झै लायो।मैले चेलिबेटी भेटे।भेटदा सारै खुसि थिए छुटता बैनिहरु निदाउरा देखिए।जयकृषि जय किसान।म हात हल्लाउदै साईकल चढे।
Gurudatta Parajuli, Laxmi Sherchan and 38 others
4 comments
Like

Comment
Share
प्रतिक्रियाहरू