दक्षिण कोरियाले पहिलो पटक उड्ने ट्याक्सीको परिक्षण गर्यो, सिओल -इन्छन २० मिनेट लाग्ने

2166

दक्षिण कोरियाले पहिलो पटक राजधानी सियोलमा मानव रहित एयर ट्याक्सी सेवाको परीक्षण गरेको छ l

कुल तौल ६५० केजीको  इलेक्ट्रिक दुई सीटर रहेको उक्त ट्याक्सीले १ सय ३०  किलोमिटरको गतिमा उडान गर्न सक्दछ।

परीक्षण उडानमा प्रयोग गरिएका  एहाङ् २१६S नामक ड्रोनहरू  चिनियाँ पाइलटलेस एयर ट्याक्सी कम्पनी एहाङले बनाएको  थियो l जसले अप्रिलको शुरुमा  ७०  केजी चामलको बोरा  सहित सफलतापूर्वक परीक्षण गरेको थियो l

ड्रोन ट्याक्सी कार्यक्रम  शहरी हवाई गतिशीलता (यूएएम) लाई २०२५  सम्ममा ड्रोन डेलिभरी र ट्याक्सी सेवाहरू को रुपमा ल्याउन सरकारको योजनाको एउटा महत्वपूर्ण  हिस्सा हो l जसले  यातायातको भीडलाई कम गर्न र भविष्यमा  इञ्जिनहरुलाई सुरक्षित राख्नको लागि महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ l

दक्षिण कोरिया सरकार हाल ड्रोन ट्राफिक ब्यवस्थापन प्रणाली विकास गर्ने प्रक्रियामा छ र  यसको रेटमा  पनि छलफल गरिरहेको छ।

निकट भविष्यमा यदि ड्रोन ट्याक्सीलाइ व्यावसायिकरण गरिए राजधानी सियोल देखि इन्छन  २० मिनेट भित्र   ढुवानी गर्ने अपेक्षा गरिएको छ जहाँ अन्य सवारी साधन मार्फत सामान्यतया  १ घण्टा लाग्ने गर्छ l
`

प्रतिक्रियाहरू