कोरियामा कोरोना भाइरसको तेस्रो लहर फैलिने संकेत , सामाजिक दुरीमा पुनः कडाइ

581

दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप पुनः बढ्न थालेको छ l पछिल्ला केहिदीन यता सामुहिक संक्रमण लगातार बढ्न थालेपछि सरकारले मंगलवार देखि सामाजिक दुरी थप कडा पर्ने निर्यण गरेको हो  l

कोरिया रोग नियन्त्रण तथा रोकथाम बिभागका अनुसार मंगलवार २३० जना नयाँ संक्रमित थपिएका छन् l करिब ३ महिना पश्चात गत शनिवार देखि दैनिक  संक्रमित थपिने क्रम लगातार २ सय भन्दा माथि छ l यसभन्दा पहिला गत अगस्ट को मध्य देखि करिब १ महिना दोस्रो लहरको भाइरस संक्रमणले महामारीको रुप लिएको थियो l

पछिल्लो समय ब्याक्तिगत जमघट , सार्वजनिक स्थल , अस्पताल आदि बाट सामुहिक संक्रमण फैलिन थालेपछि  सरकारले मंगलवार देखि लागु हुनेगरी १ स्तरको सामाजिक दुरीलाई बढाएर १.५ स्तर पुर्याउने  निर्णय गरेको छ l उक्त सामाजिक दुरी हाललाई राजधानी तथा आसपासका क्षेत्रहरुमा कडाइका साथ लागु गर्ने पनि बताएको छ l

उक्त सामाजिक दुरी अन्तर्गत सभा सम्मेलन , होटेल रेस्टुरेन्ट , कन्सर्ट , नाइट क्लब, र्याली , प्रदर्शन आदिमा थप कडाइ गर्ने समेत जनाएको छ l

कोरियामा चिसो मौसम बढ्दै गर्दा भाइरस संक्रमण थप फैलिन सक्ने अबस्थालाई मध्यनजर गर्दै   सार्वजनिक स्थानहरुमा अनिवार्य मास्क लगाउनु पर्ने नियम समेत ल्याएको छ l नोभेम्बर १३ तारिख देखि लागु भएको उक्त नियमानुसार यदि कसैले मास्क लगाउन अटेरी गरेमा १ लाख कोरियन वोन जरिवाना तिर्नु पर्ने छ l

प्रतिक्रियाहरू