कोरियामा अर्जुन दाहाल बचाउन अभियान शुरु

451
कास्कि जिल्ला अन्नपुर्ण गॅाउपालिका वडा नं ३का ९बर्षिय बालक अर्जुन दाहालको उपचारको लागि दक्षिण कोरियामा सहयोग संकलन अभियान संचालन गरिएको छ।
परिबारको आर्थिक अवस्था सामान्य भएको र उपचार खर्च ५०लाख भन्दा माथि लाग्ने भएपछि सहयोगि मनहरुसॅग याचना गरिएको कुरा अर्जुन दाहाल बॅचाउ अभियानका संयोजक तथा सामाजिक अभियन्ता बिनोद दाहालले बताउनु भयो।
बिगत ५ महिना देखी उपचारको शिलशिलामा काठमाण्डूको सिभिल हस्पिटलमा blood cancer जस्तो खतरनाक रोगसंग संघर्ष गरिरहेको छन । डाक्टरको भनाइ अनुसार बाबुलाई AML अनुसारको cancer लागेको र यस्को उपचार अलि लामो र महंगो हुने कुरा जानकारीमा आएको छ जुन मेरो पहुँच भन्दा धेरै पर को हुने भएकोले हजुरहरूसंग सहयोगको अपिल गरेको छु । आफ्नो छोरोलाई यस्तो (AML) खालको रोग लाग्दा र आफ्नो क्षमता भन्दा  माथि भएकोले हजूहरुको सानो सानो सहयोगले मेरो बाबुलाई बचाईदिनुहोस  बिरामिको वुवा कृष्ण दाहालले आग्रह गरेका छन।
सहयोगि मनहरुबाट संकलित रकम निज बालक अर्जुनदाहलका वावु कृष्ण दाहाल रोजगारीको क्रममा कोरियामा कार्यरत भएकोले पिडितको खातामा ट्रान्सफर गरिदिनु हुन  अनुरोध समेत गरिएको छ।
प्रतिक्रियाहरू