कोरियाको बुसान स्थित एक २४ तले अपार्टमा आगलागी ,१ जनाको मृत्यु २३ घाइते

739

दक्षिण कोरियाको बुसान स्थित एक एक अपार्टमा आगलागी हुदा एक जनाको मृत्यु भएको छ l समाचार एजेन्सी योंघापका अनुसार मंगलवार बिहान करिब ७ बजे २४ तले  भवनको १२ औं तलाबाट शुरु भएको उक्त  आगलागीमा परि २३ जना घाइते भएका छन् l

भवनको १२ औँ तलामा एक ४० बर्षीय पुरुष मृत फेला परेका थिए भने बाकीं २३ जना घाइतेलाई तुरुन्तै अस्पताल पठाइएको आकस्मित सुरक्षा  अधिकारीहरुले जनाएका छन्  l

ति बाहेक अन्य तल्लामा रहेका मानिसहरुलाई सुरक्षा अधिहरिहरुले तुरुन्तै उद्वार गरि बाहिर निकाल्न सफल भएकोले ठुलो धनजनको क्षति हुन बाट जोगिएको बताइएको छ l

सन् १९९५मा निर्माण भएको उक्त भवनमा के कति कारणले आगलागी भयो भन्ने वारे छानविन भैरहेको प्रहरीले जनाएको छ l

प्रतिक्रियाहरू