कोरीयनका राम्रा बानी,धेरै वावु थोरै नानी

4430
गगनचुम्वि महल,चिल्ला फराकिला सडक,जाहाजकै गतिको केटिएक्स रेल,समुन्द्र माथि कुदिरहेका गाडि मात्रै कोरियाको संवृधिका परिचय होईनन।राजधानी सउललाई दुई चिरा बनाएर बगेको हान नदीको स्वच्छ निर्मल पानिलाई हेर्नुस ।काठमाडौमा बाग्मति रोएको कारुणिक दृश्यले हामि नेपालीको धरधरी मन रुवॅाउछ।हान नदीको पानीमा कोरियन नागरिकको बानी संस्कार जोडिएको छ।
४०/५०बर्ष अघि उस्तै परिवेस भएका नेपाल र कोरिया देस आज धर्ति आकाशको फरकमा छन।संसारकै १२औ अर्थतन्त्र बिज्ञान प्रविधिको क्षेत्रमा अव्वल मात्रै छैन एशियाको बाघ बनेर बिश्व रंगमंचमा देखिएको छ।
आधुनिक बिकास र टेक्नोलोजिमा पछिल्लो उदाहरण सउल ईन्छन उडने टेक्सीको सफल परिक्षणलाई लिन सकिन्छ।जापानिजहरुको क्रुर अमानविय उपनिवेसको लामो पिडा भोगेको कोरिया फेरी ॲाफैमा लॅडाईको दलदलमा भासिन पुग्यो।राजनैतिक बिचारकै आधारमा उत्तर र दक्षिण दुई देस भए।साम्यवादी शासन व्यवस्था भएको उत्तर कोरियाले आणविक हतियारको साथै शक्ति प्रदसनमा संसारको ध्यान तानेको छ।एता लॅडाईले खरानी भएको दक्षिणकोरिया आधुनिक बिकास र प्रविधिमा उदयीमान राष्ट्रको पहिचान बनाएको छ।
भौतिक बिकास चमत्कारै छ।सामाजिक मानविय बानि व्यवहार पनि अतयन्तै प्रसंसनिय छ।कष्टपुर्ण जीवनयापन भोगेर आएको हुनाले कोरियनहरु केहि फाल्दैनन।यसले प्रतेक नागरिकमा पुन उपयोग गर्ने बानिको बिकास भएको छ।सवै ठॅाउ सफा भएको छ।जुन एउटा सानो कुराले संभव भएको छ।घरमा ४ टोकरी र टोलमा ४टोकरी राख्ने।खानेकुरा,टिन फलाम, प्लास्टिक कागज र सिसा छुट्टा छुट्टै राख्ने।घर घरबाट ति फोहर टोलमा राखेका टोकरीबाट स्थानिय सरकारले संकलन गर्छ।त्यसपछि रिसाईक्लिन कंपनिले किनेर लैजान्छन।कुहिने चिज मल बनाउनी कंपनीले लैजान्छन।फोहोर मोहर हॅुदो रहेछ।
हरेक मानिस बिहान र कामबाट फर्केपछि अनिबार्य नुहाउने,काममा जॅादा अर्कै ड्रेस लगाउनै पर्ने अनिबार्य छ चाहे काम जे सुकै होस।यसले गर्दा प्रतेक मानिस सफा सुग्घर छन।लवाई खवाईका आधारमा मानिसको पेशा छुट्टाउन सकिदैन।किसान र पाईलट पनि उस्तै देखिन्छन।घर ठुलो होस या सानो अपार्टमेन्टनै किन नहोस।त्यो भित्र मानविय सुविधा कति छ? त्यो ठुलो कुरा हो।फ्ल्याट सिस्टमको अटेज टोईलेट बाथरुम,डाईनिङ हल,पानि तातो चिसो सहितको किचन र छुट्टै बेडरुम हुनै पर्यो।जाडो मौसममा भॅुई तातो नभए बॅाच्नै सकिन्न।वरपर फुलबारी हुनै पर्छ।बरु करेसाबारी नभएपनि हुन्छ।सडक किनारा,चोक रखोलाका तिर पार्क हुन्छन।सवैले फुल रोप्ने बानीले देसैभरी मौसम अनुसारको फुल फुलेर रंगिबिरंगि हुन्छ।
पशुबस्तु छोडन प्रतिबन्ध छ।कसैको बालीनाली पशुबस्तुले खानी समस्या छैन।बाटोमा लटरम्मै फलेका फलफुल छन अनुमति लिएर पनि कसैले खॅादैनन।मार्टमा लगेपछि मात्रै किनेर खान्छन।खान योग्य प्रमाणित भएपछि मात्रै खानुपर्छ भन्ने शिक्षा छ।जंगली जनावरलाई भ्याक्सिन लगाएको हुदैन।रोग सर्छ भनेर खॅादैनन ।यसले गर्दा बन्यजन्तुको संरक्षणमा राज्यले खर्च गर्नै परेन।घरपालुवा जनावर समेत जॅाहातॅहि काटन पॅाईदैन।मासु खान योग्य भएको प्रमाणित भएपछि मार्टमा फिक्स मुल्य तिरेर पाईन्छ।
बेक्तिको उमेर पुगेपछि उसले काम गर्नै पर्छ।उ बेरोजगार बस्छ भने बिरामि भयो कि भनेर जॅाचिन्छ।मरिन्जेल काम गर्नि र कोखा चर्किने गरी खाने बानी कम्ति रमाईलो छैन।दिनभरीको कामको थकाई परिवार या साथिभाई सॅगै बसेर मिठो मसिनो खानि चलन कोरियाको परम्परा नै हो।१० थरी खानिकुरा अगाडी राखेर कॅाचो सागमा भात र मासुको टुक्रा बेरेर निलेपछि सवै थकान मेटिन्छ।खाना सित सानो गिलासमा लोक्कल सोजु पिएर सरिर सिंचित गर्ने चलन छ।खाना खाएपछि कफि खानै पर्नि अचम्मैको बानि पनि कोरियनहरुमा छ।
राज्यले सवै नागरिकलाई कामदार ठान्छ।काम गरे मात्रै सुख शान्ति र संवृधि प्राप्त हुन्छ।कसरी थोरै समयमा छिटो र बलियो काम गर्न सकिन्छ।काम सानो ठुलो हुदैन। राष्ट्रपतिको छोराको रुचि बङगुर पालन गर्ने किसान हुन सक्छ।त्यो अनौठो हुदैन।लेक्चरको समाजमा जुन सम्मान हुन्छ फोहरमैला व्यवस्थापन गर्ने मजदुरको पनि उत्तिकै भुमिका र सम्मान हुन्छ।पढेकोले अरु काम गर्नै हुदैन भन्छ भने त्यसले पढेकै हैन।कामको प्रतिघन्टा न्युनतम ज्याला तोकिएको छ।काम जे सुकै होस।कामको योग्यता क्षमता आधारमा सुविधा धेरै थोरै हुन सक्छ।तर कम्तिमा न्युनतम तलव जस्को पनि हुनैपर्छ।आहा!कति राम्रो सरकार।
बैङकको  हाकिम सानो उमेरको छ किसान बढी उमेरको छ।हाकिमले किसानलाई ४५डिग्रीमा निहुरेर आन्यङहासेयो गर्छ।मानिसले मानिसलाई गर्ने आदर उमेरको आधारमा हुन्छ।पद कुर्सि ,शिक्षा,काम जतिसुकै ठुलो किन नहोस ॲाफुभन्दा ठुलोलाई सम्मान गर्नु अनिबार्य छ।सरकारी या जुनसुकै अफिसमा जानि सेवाग्राहिलाई गरिने व्यवहार लोभलाग्दो हुन्छ।शासक होईनन सेवक ठान्छन कर्मचारीहरु।काम कति छिटो  र सुविधा जनक छ।चिसो तातोको व्यवस्था नम्र व्यवाहार।प्रविधियुक्त सेवा घुस या नियम बिपरीतका कुरा कल्पना नै नगर्नुस।
तॅपाईको पर्स या अरु केहि हरायो।कसैले सित्तैमा कसैको केहि लिनेवाला छैनन।सोधखोज केन्द्रमा खवर गरेर लगिदिन्छन।हराएको व्यक्तिले  खवर दिनासाथ आफ्नै ठेगानामा सामान ॲाउछ।नागरिकको कति ठुलो अनुशासन छ तॅपाई ॲाफै बुझ्नुस।तॅपाईलाई कसैले ठग्यो या गलत नियतले हेर्यो भनेमात्र उ सॅजायको भागिदार हुनै पर्छ।झन महिलालाई यौनिक तवरले हेर्यो भनेर निज महिलाले उजुरी गरिन भने ठॅाउको ठॅाउ कार्बाहि हुन्छ।नागरिकलाई पुर्ण सुरक्षाको अनुभुति हुन्छ।
राज्यको नियम कानुन बिपरीत कुनै अपराध गर्छ भने उ कडा कार्बाहीको भागिदार हुनै पर्छ।अपराध गरेका बेक्ति पक्राउ हुनु भन्दा अगाडी नै आत्महत्या गर्ने चान्स बढि हुन्छ।आत्महत्यको दर कोरियामा बढि हुनुको कारण यो पनि एउटा हो।बेक्ति जतिसुकै ठुलो किन नहोस अभियोग प्रमाणित हुनासाथ उसलाई कानुनले समायो समायो।अईले दुईजना पुरवराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल जिवनमा रहेका छन।गज्जवको कुरा के छ भने कसैले हानेर रगत या निलडाम भएमा ठुलो जरिवाना सहित जेल जानुपर्छ।त्यसैले यॅाहा झगडियाहरु सामाजिक दुरी कायम गरेर पाखुरा सुर्किएर बाझाबाझ मात्र गर्छन।आवेगमा हात छोडने मानिसको लाईफ ड्याामेज भयो भनेर बुझे हुन्छ।आहा !कति राम्रो शुसासन।
भौतिक बिकास मात्र बिकासको सुचाङक होईनन।प्रतिबेक्ति आयु,आय समेत उच्च छ।८० नाघेका बुढाबुढी खेतिपातीको काममा ब्यस्त देखिन्छ। काम नगरी बसि बसि खानु सुख होईन काम गरेर भोक जगाएर रमाएर खानु पो सुख हो।कोरियन जीवनसैली नै सुस्वास्थ्य दिर्घायु सुख शान्ति र संवृधिको मुल आधार हो भन्न कठिन छैन।
जति बिकासका संरचना बनाएपनि कोरियनहरु पर्यवरण जोगाउन सचेत छन।संसारमै छोटो समयमा संवृधिको शिखरमा पुगेको कोरियाले बिकास गर्दा बिनास कम गर्ने रणनीति बनाएको छ।ई सिटी मात्र होईन ग्रिन सिटी बनाएको छ।सडक पेटीमा रुख साईज मिलाएर रोपिएको छ।बिरुवा नरोपेर रुख रोप्ने चलनले गर्दा रातारात जंगल बनाईन्छ।यसले पर्यावरण जोगिने मात्र होईन आकर्षक गॅाउ शहर बनाईदिएको छ।
गरगहना लगाएत अनावश्यक खर्च गर्ने रुचि नभएका कोरियनहरु बेक्तिगत मोजमस्तिमा रमाईरहेका छन।बर्षमाआउनी चाडबाड धेरै त छन।सरकारी क्यलेन्डरमा छुट्टी पाउने छुसक र सलनाल गरेर ८दिन हो।मुस्किलले ४दिन बिदा अन्य राष्ट्रिय पर्वमा गरेर बर्ष भरिमा १२ दिन हो।कृषिमा त यहि पनि हुदैन।
कोरियामा वावु धेरै थोरै नानी छन।उमेर पुगेका युवायुवती ॲाफै प्रेम विवाह गर्छन।वावु आमालाई खासै चासो हुदैन।केटीको संख्या कम भएकोले समयमै लभ नपरेमा केटालाई माहासंकट आईपर्छ।धेरै धन खर्च गरेर बिदेसी युवती बिहे गरेर बंश धान्नुपर्ने बाध्यता छ।कति जीवनभर कुमार बस्नु पर्ने काहाली लाग्दो बाध्यतामा रहेका छन।जस्का छोरी उस्को धन  भन्ने उखान छ।कस्तो अचम्म?
भन्ते र सुन्तेको कुरा होईन।देखेका भोगेका कुरा हुन।यस्तै सकरात्मक बानी व्यवहारका कारण कोरियनहरु सुखि र संपन्न छन।जति आधुनिक प्रविधिमा लगाव भएपनि आफ्नो कला परम्परा संस्कृति प्रति कोरियनहरु औधि प्रेम गर्छन।अईले कोरियामा रहेका ६० हजार नेपालीहरुले केहि मात्र अनुसरण गर्न सकेमा नेपालको दिगो बिकासमा टेवा मिल्ने थियो कि?भविष्य हाम्रो हातमा छ।
प्रतिक्रियाहरू