प्रवासी नेपाली एकतामञ्च गजेदो दक्षिण कोरियाको एकता अधिवेशन सम्पन्न

745

प्रवासी नेपाली एकतामञ्च गजेदो दक्षिण कोरियाको एकता अधिवेशन यही नोभेम्बर २९ तारिख आइतबारका दिन गजेदोमा सम्पन्न भएको छ । उक्त गजे क्षेत्रीय अधिवेशनले नोबिन्द्र कटुवालको अध्यक्षतामा एक सदस्य पछि थप्ने गरि १३ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ! उक्त अधिवेशनले उपाध्यक्षमा होम नेपाली र राम फुयाललाई चयन गरेको छ भने सचिवमा आनन्द पोखरेल सह- सचिवमा सुमन अधिकारी, कोषाध्यक्षमा सुरेश लामिछाने तथा सदस्यहरूमा क्रमश: कुशल पुन, अविरल पोखरेल, आशिस राई, उस्मेश आचार्य, भूपेन्द्र बुढा र कृष्ण हिराचनलाई चयन गरेको छ । प्रवासी नेपाली एकतामञ्च नेकपाको प्रवास भातृ संगठन हो ।

प्रवासी नेपाली एकतामञ्चले प्रवासमा रहेर समान आस्थाका साथीभाईहरूलाई संगठित गर्दै सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आईरहेको छ । कोरोना कहरका बाबजुद बाहिरका कुनैपनि अतिथि नबोलाई सामान्य तवरले अधिवेशन सम्पन्न गरिएको थियो भने कार्यक्रमको अध्यक्षता निवर्तमान अध्यक्ष हर्कसिंह केसीले गर्नुभएको थियो । कार्यक्रम सञ्चालन निवर्तमान सचिव राम फुयालले गर्नुभएको थियो । कार्यक्रममा अगुवा सदस्यहरू श्यामसुन्दर नेपाल तथा महेश गौतमको समेत सहभागीता रहेको थियो । बन्द शत्रमा निवर्तमान अध्यक्ष हर्कसिंह केसि ले सांगठनिक एवं आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै पार्टी केन्द्रमा बैचारिक बहसले तिक्तता लिदै गर्दा पनि आफुहरु एकमतका साथ अधिवेसन सम्पन्न गर्न लागेको र नेतृत्वले बिमती र आलोचनालाई विधि र पद्धति मा लगेर ब्यापक बहस गरि उचित निचोड निकाल्ने कम्युनिष्ट चरित्र अंगाल्न सुझाव दिदै शोसित उत्पिडित बर्ग समुदायको मुक्तिको कसम खाएका नेताहरुले बर्गिय चरित्र नत्याग्न खबरदारी गरेका थिए। साथै अत्यधिक मत दिएर ठूलो अपेक्षा सहित बिजय गराएको हाम्रो सरकारले अपेक्षाकृत जनसमुदायको चित्त बुझ्ने गरि एउटा पनि काम गर्न नसक्नु दुखद भएको कुरा प्रतिवेदन उपर धारणा राख्दै गर्दा नव निर्वाचित उपाध्यक्ष होम नेपालिले उल्लेख गरेका थिए।

नव निर्वाचित अध्यक्ष नोबिन्द्र कटुवालले पदभार ग्रहण गर्दै आफ्नो कार्यकालमा सङ्गठनलाई थप एकताबद्ध र बलियो बनाउने, निर्णयमा सामुदायिक भावनाको बिकास गर्ने, प्रवासमा रहदा नेपाली साथीभाईहरूलाई पर्ने समस्याहरूलाई समाधान गर्न सकेसम्म पहल गर्ने र प्रवासी भूमिमा राजनैतीक भन्दापनि सामाजिक कृयाकलापहरूलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता ब्याक्त गर्नुभयो । कोरोना कहरका कारण अधिवेशन स्थलमा उपस्थित हुननसक्ने परिस्थितिमा प्रवासी नेपाली एकतामञ्च दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष दिलीप धिताल, केन्द्रीय सचिव टेक बहादुर पुन तथा केन्द्रीय सदस्य ईश्वर कठायतले अधिवेशन सफलताको शुभकामना सन्देश पठाउनुभएको थियो ।

प्रतिक्रियाहरू