कोरियामा कोभिड-१९ को तेस्रो लहर , शुक्रबार थपिए ९ महिना यताकै सबैभन्दा धेरै संक्रमित

987

दक्षिण कोरियामा शुक्रबार ९ महिना यताकै सबैभन्दा धेरै कोभिड-१९ का संक्रमित थपिएका छन् l कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार गएको २४ घन्टामा ६ सय २९ जना नया संक्रमित थपिएसंगै कुल संक्रमितको संख्या ३६ हजार ३ सय ३२ पुगेको छ l  त्यस्तै उक्त समयमा मृत्यु हुनेको संख्या ७ छ l

शुक्रवार थपिएका संक्रमित मध्ये ६ सय जना स्थानीय छन् भने विदेशबाट संक्रमित भै आउनेको संख्या २९ छ l उक्त संख्या बिगत ९ महिना देखि यताकै सबैभन्दा उच्च हो l यसरि नया संक्रमित थपिनेमा अन्य ठाउको तुलनामा राजधानी सियोल तथा आसपासका क्षेत्रमा बढी छ l

केहि दीन यता कोभिड- १९को तेस्रो लहरले   महामारीको रुप लिन थालेपछि सरकारले २ लेबलको सामाजिक दुरीलाई कडा पार्दै रात्री क्लब, बार , होटेल ,रेस्टुरेन्ट तथा मानिसको बिसेष भिडभाड हुने स्थानहरुलाई उच्च निगरानीमा राखेको छ l त्यसैगरी रजदानी सियोल आसपास चल्ने मेट्रो ट्रेनहरुलाई रति ९ बजे पछी ३० प्रतिशत कम गर्ने बताएको छ l

प्रतिक्रियाहरू