दक्षिण कोरियाका लागी पुर्व राजदुत कमान सिंह लामाको कोभिडका कारण दुखत निधन

1355

दक्षिण कोरियाका लागी पुर्व राजदुत कमान सिंह लामाको कोरोना भाइरस संक्रमणका कारण दुखत निधन भएको छ l पारिवारिक श्रोतका अनुसार उनलाई कोरोना भाइरस पोजेटिभ देखिएपछी अस्पतालको भेन्टिलेटरमा राखी उपचार गरिएको थियो l उनको स्वास्थ उपचारकै क्रममा मृत्यु भएको बताइएको छ l

सन् २०१२ देखि २०१६ सम्म कोरियाका लागि नेपाली राजदुत पद सम्हालेका लामा तात्कालिन नेकपा माओवादी तर्फ बाट  पुर्व सांसद पनि हुन् l उनलाई नेकपा माओवादी  तर्फ बाट कोरियाको लागी राजदुत नियुक्त गरिएको थियो l यसरि राजनीति पार्टी वाट नियुक्त भै आउने राजदूतहरुमा उनको कार्यकाल सफल मानिन्छ l

उनको कार्यकाल पश्चात नेपाली कांग्रेसको तर्फ देखि नियुक्त भै आएका पुर्व  राजदुत अर्जुन जंग बहादुर सिंहलाइ  सरकारले अबधि नसकिदै फिर्ता बोलाएको थियो l हाल दक्षिण कोरियाका लागी नेपाली राजदुतको पद रिक्त रहदै आएको छ l

प्रतिक्रियाहरू