दक्षिण कोरियामा कोरोना भाइरसले महामारी लिने संकेत देखिएको छ l कोरिया रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार गएको २४ घन्टामा १ हजार ३० जना नयाँ संक्रमित थपिए संगै कुल संक्रमितको संख्या ४२ हजार ७ सय ६६ पुगेको छ l
आइतबार थपिएका नयाँ संक्रमितमा १ हजार २ जना स्थानीय छन् भने बाकि अन्य देशबाट संक्रमित भै आउने छन् l कोरिया रोग नियन्त्रण बिभागका अनुसार आइतबार थपिएका नयाँ संक्रमित यो बर्षकै सबैभन्दा धेरै हुन् l गत फेब्रुरी तथा मार्चमा फैलिएको पहिलो लहरको कोरोना भाइरस संकटमा पनि दैनिक संक्रमितको संख्या १ हजार भन्दा माथि पुगेको थिएन l
सरकारले चालेको २. ५ लेबलको कडा सामाजिक दुरी तथा मास्क को प्रयोगको बाबजुत पनि नयाँ संक्रमित थपिने क्रम घटेको छैन l शनिवार ९ सय ५० जना संक्रमित थपिएका थिए l
संक्रमण यहि अबस्थामा रहे सरकारले सामाजिक दुरी बढाएर ३ लेबलको बनाउने तयारि गरेको छ l यदि उक्त लेबलको सामाजिक दुरी बढाए कोरियामा आंशिक रुपमा लाकडाउन हुने सम्भावना रहन्छ l