कोरियामा पूर्व न्यायमन्त्री छो-कुककी पत्नीलाई बुधबार सियोल जिल्ला अदालतले शैक्षिक भ्रष्ट्राचार र अन्य आरोपमा चार वर्ष कैदको सजाय सुनाएको छ l
सियोल केन्द्रीय जिल्ला अदालतले ५०० मिलियन वोन अर्थात ४ लाख ५१ हजार अमेरिकी डलर जरिवाना सहित चुंग क्यु सिमलाई जेल सजाय सुनाएको हो lअदालतले चुंग लाई तत्काल कारावासको आदेश समेत दिएको छ l
पूर्व न्यायमन्त्री चो कुककी पत्नी चुंग डिसेम्बर २३ ,२०२० मा सियोल केन्दीय जिल्ला अदालतमा उनको सजायको मुद्दाको लागि उपस्थित भएकी थियिन l
कोरियाको दोंगयंग विश्वविद्यालयकि प्राध्यापक समेत रहेकी ५८ बर्षिया चुंगलाई गत वर्ष नोभेम्बरमा छोरीको कलेज भर्ना र निजी इक्विटी कोष (पीईएफ) मा उनको संदिग्ध लगानीमा भ्रस्टाचारको आरोप छ l
चुंगले सन् २०१३ -१४ मा उनको छोरीलाई मेडिकल स्कूलमा भर्ना गर्नका लागि नक्कली कागजातहरु संलग्न गरेको आरोप लगाइएको छ। उनीमाथि सार्वजनिक अधिकारीहरूको आचार संहितालाई बाइपास गर्न अरू कसैको नाम प्रयोग गरेर पीईएफमा लगानी गर्ने बिबिध सम्झौताको माध्यमबाट करिब १ सय ५० मिलियन वोन अर्थात १ लाख ३५ हजार अमेरिकी डलर घोटाला गरेको आरोप समेत छ l
अदालतले भने छ कि चुंगले इन्टर्नशिप सर्टिफिकेट जाली गरी उनका पतिसँग मिलेर झूटो दाबी गर्दै सन् २००९ मे मा सियोल नेश्नल युनिभर्सिटीमा आयोजित अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनमा भाग लिएकी थिइन। त्यस्तै बुसानको एक होटलमा आयोजित उनकी छोरीको इन्टर्नशिप कार्यक्रममा नक्कली कागजात बनाइ भाग लिएकी थिइन, जुन उनको विश्वविद्यालयको प्रवेशका लागि प्रयोग गरिएको थियो l योंघाप