कोरियाले सन् २०२१ मा ५२ हजार बिदेशी कामदार भित्राउने , अप्रिल सम्म २२ हजारको रोजगार अनुमति जारि गर्ने

5479

दक्षिण कोरियाको प्रवासी श्रमिक कोटा निर्धारण समितिको बुधबार  बसेको बैठकले २०२१ लागि इपिएस अन्तर्गत लैजाने प्रवासी श्रमिकको ५२ हजार कोटा निर्धारण गर्नेको छ l

.यो ५२ हजार कोटा इपिएस बाट प्रवासी श्रमिक भित्राउने १६ देशकोलागि हो l यो सख्या २०२० को तुलनामा ४ हजार कम छ l. कोरोनाको कारण २०२० को कोटा मध्येका  ३० हजार ९ सय ९ प्रवासी श्रमिक कोरिया आएको आउन पाएका छैनन् l
२०२१ मा तोकिएको ५२ हजार मध्ये उत्पादन क्षेत्रमा ३७, हजार ७०० जना ,कृषि क्षेत्रमा ६ ,४०० जना ,मत्स्यपालन क्षेत्रमा ३,००० जना ,निर्माण क्षेत्रमा १,८०० जना ,सेवा क्षेत्रमा (पुरानो समान बटुल्ने छान्नेमा) १०० तोकिएको छ l

यो कोटा मध्ये ४० हजार नया आउने छन् भने १२ हजार कमिटेड (प्रतिबद्द पुन प्रवेश ) श्रमिक लगिनेछ l अप्रिलसम्ममा २२ हजारको रोजगार अनुमति पत्र जारि गरिने भनिएको छ l

प्रतिक्रियाहरू