“दि” विन्टर फेस्ट सिजन-3 को बिजेता बनिन मिस आश्मा श्रेष्ठ

552

एल एण्ड एन मोडेल एजेन्सी द्वारा आयोजित “दि”विन्टर फेस्ट सिजन थ्री ग्वार्को स्थित म्युजिक सिटि हलमा पौष १० गते कृस्मस डे को अवसरमा  भब्यताका साथ सप्पन्न भएको छ।उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा महालक्ष्मी नगरपालिका वडा नं १ का अध्यक्ष नन्दु न्याैपाने हुनुहुन्थ्यो भने बिशेष  अथितिको रुपमा नायक तथा मोडल गान्धिभ सुवेदी र विभिन्न संस्थामा आवद्ध सामाजिक,ब्याबसायिक,समाजसेवी लगायत धेरै जनाको उपस्थिति रहेको थियोे।

कार्यक्रममा अहिलेकी चर्चित गायिका सिर्जना खत्री प्रस्तुतिले गर्दा निकै मनोरञ्जनात्मकपुर्ण बनेको थियो भने दर्शकहरु पनि मन्त्रमुक्त बनेका थिए। कार्यक्रमको कोरियोग्राफी साथै सम्पूर्ण ब्यबस्थापन पक्ष उक्त कम्पनीका कार्यकारी निर्देशक नितिन कायस्थ ज्युले गर्नुभएको थियो । कार्यक्रममा आफ्नो बहुमुल्य समय दिएर पाल्नुहुने सम्पुर्ण पत्रकार,मिडियाकर्मी,आ-आफ्नो पक्षबाट सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी साथै कार्यक्रमलाई सफल बनाउनको निम्ति सहयोग गर्नुहुने सम्पुर्ण स्पोन्सरहरुमा उक्त कम्पनीको सन्चालक लक्ष्मी श्रेष्ठ ज्युले हार्दिक आभार प्रकट गर्नुभएको छ।

कार्यक्रम उद्धघोशण गायिका तथा सन्चालिका रुपा घर्ती मगरले गर्नुभएको थियो भने कार्यक्रम कोभिड 19 लाई मध्यनजर गर्दै पुर्ण सतर्कताका साथ सप्पन्न गरिएको थियो । कार्यक्रममा चर्चित फेसन डिजाइनर संगिता बिस्ट जि सि ,प्रकाश बोलाखे,कुशुम पदम श्रेष्ठ का उत्कृष्ट डिजाइनहरु प्रस्तुत गरिएको थियो।

उक्त कार्यक्रममा १७ जना प्रतिस्पर्धिमध्य “दि” विन्टर फेस्ट सिजन-3 को बिजेता मिस आश्मा श्रेष्ठले पहिलो स्थान हात पार्नु भएको थियो भने दोश्रो स्थानमा अनु थापा र तेस्रो स्थान कन्चन गिरि ले हात पार्नुभएको थियो साथै अन्य बिधामा पनि केही मोडेलहरुले विभिन्न बिधाको ताज हात पार्नुभएको थियो।

प्रतिक्रियाहरू