गणतन्त्र परिष्कार कि बहिस्कार ? शाहबंश नै किन ??

1432

आज सडकमा देखिएका चर्का आवाज सहितका छुट्टा छुटै समुहका फरक फरक असन्तुस्टीहरु नियाल्दा यो ब्यबस्था नै समाप्तिको सिमानामा पुगेको  स्पस्ट बुझिन्छ |राजनैतिक समकालीन दौतरिहरुको विभाजन,र एक अर्काप्रति न्युनतम सम्मान समेत नराखी गरिएका अलोचना ,परचक्रिहरुको सघन उपस्थिति ,त्यहि भिडबाट बुर्कुसी मार्दैगरेका  बर्जित र नामेट राजसस्थाका पक्षधरहरु| आन्तरिक जानिदुश्मन बनेका छन् |

२००७ सालमा प्रजातन्त्र मात्र भित्रिएन परतन्त्र समेत भित्रियो ,जनताको हक अधिकारको नाममा  सत्ता परिवर्तनको खेल शुरु भयो ,नेताहरुमा राजाको समिप रहने रुची बढ्यो ,परचक्री छिमेकीको बशिभूतमा नेता लाट्टीए |देशमा अस्थिरता सुरु भयो |यो क्रम बिचमा रोकिएपनि ०४६ सालपछि झनै मौलाएर आयो |०६२/०६३ हुदै कम्न्युस्ष्ट दुइतिहाईले त झनै सीमा नै पार गर्यो स्वेच्छाचारी ,एकलबाद,नश्लीय चिन्तन पूरै  हावी भयो नेतृत्वमा,आफुलाइ  निर्विकल्प नै ठाने,पारिवारिक किचलो र अन्य प्रतिकूल अवस्थामा राजाहरुले (रणबहादुर,राजेन्द्र र ज्ञानेन्द्र)हरुले गद्दी त्याग गरे तर सर्वहाराका नेताले आफु नभए देश नै नरहने हठात् देखाए |सात्ता र शक्त्ती टिकाइराख्न होटलका मधुसाला हुन् या कोठे बैठक या त कसैको तेजोबध नै गर्न समेत पछी परेनन् | गणतन्त्र यति दुर्घन्धित भयो कि  परिष्कार गर्नु भन्दा बहिस्कार उचित ठान्ने अवस्था बन्यो | त्यहि अवस्था र बहुदलीय व्यबस्थाको असफल अनि अलोकप्रियताको फाइदा उठाउर बर्जित राजस्थाको पुनर्वाहालिमा एकथरी कनिकुथी बल गरिरहेका छन|संघीय गणतन्त्रप्रति जनगुनासो बाक्लिएको नकार्न सकिन्न अपितु गणतन्त्रको  विकल्प खोज्ने समय भइसकेको हो त ??गणतन्त्रको विकल्प राजतन्त्र नै हो त ?यदि हो नै भने पनि शाह बंशीनै किन त??
भुक्तमान गुप्त देखि ज्ञानेन्द्र शाह सम्मको इतिहास बिस्मरण नगरौ |राजासस्थासंग धर्म र सस्कृति जोडिएको हुन्छ ,अझ राजालाइ बिष्णुको अवतारको रुपमा लीइन्छ हिन्दु धर्ममा |हिन्दुधर्मकै कुरा किन त ?प्रश्न जन्मन सक्छ |हिन्दुधर्म नेपालको धर्महरुमध्ये पुरातन धर्म,सभ्यता हो|बौद्व धर्म छैठौ सताब्दी तिर त मुस्लिम धर्म को आगमन रत्न मल्ल को पालामा लगभग बि स् १५५० तिर भने क्रिस्चियनको सुरुवाद तिन दसक जति | जे होस् मेरो प्रश्न हिन्दु धर्म सस्कृति जगेर्ना र प्रवर्द्धनमा शाह बंश को उपस्थिति कहा र कति ?

हिन्दुहरुको मन्दिरहरु मध्ये विशेस मानिने पशुपति मन्दिर प्रचण्ड देवले निर्माण गरे अनि रास्ट्रिय देवता मान्यता अंशुवर्माले |हिन्दु धर्म संग आस्था गासिएका यस्ता धेरै मठमन्दिरु निर्माणमा मध्यकालीन युग (लिच्छिबी बंश)नै अग्रसर देखिन्छ|विदेश नीति पनि त्यस ताकाको निकै प्रभावकारी पाइन्छ |तिब्बत र भारत संगको मित्रता सन्तुलन राख्न अंशुवर्माले बहिनि भारतका सम्राट हर्शवर्धनलाइ अनि छोरी चीनका स्रोंग्चोंग गम्पोसंग बिवाह गरिदिएरपनि छिमेकिमुलुक संग सम्बन्ध सन्तुलन गरेका थिए |भूमि रक्षा र फिर्तामा  राणाको पनि  अद्वीतिय योगदान छ,बस्नेत थापा ,पाण्डे खलकको पनि  उतिकै योगदान छ  |पृथ्बी नारायणले त स्वीकारेकै छन् यो राष्ट्र बस्नेतको तरवार र पाण्डेको ढालले जोगिएको हो |यदि वंशजको आधारमा रास्त्रियताको मापन हुन्छ भने शाह बंश किन बस्नेत ,पाण्डे,राणा ,अंशुवर्माको ठकुरी खलक अघि सारे हुन्न ??? शाह वंश नै किन ??

प्रतिक्रियाहरू