दक्षिण कोरियाको जनसंख्या पहिलो पटक घट्यो

1292

सन् २०२०मा दक्षिण कोरियाको जनसंख्या पहिलो पटक घटेको छ

आन्तरिक तथा सुरक्षा मन्त्रालयले आइतबार जारी गरेको पछिल्लो जनगणना तथ्यांक अनुसार दक्षिण कोरियामा डिसेम्बर ३१ सन् २०२० सम्म कुल जनसंख्या ५ करोड १८ लाख २९ हजार २३ रहेको छ l  उक्त जनसंख्या अघिल्लो बर्ष सन् २०१९ भन्दा २० हजार ८ सय ३८ ले घटेको हो l

नयाँ बच्चा जन्मिने भन्दा मृत्यु हुनेको संख्या बृद्वी भएपछी सन् २०२०मा जनसंख्या घट्न गएको हो l यो भन्दा अघिल्ला १० बर्षमा भने जनसंख्या केहि बृद्वी भएको थियो l यधपी बृद्वी दर भने करिब स्थिर   जस्तै रहदै आएको थियो l सन् २००९ मा १.४९ प्रतिशतले बृद्वी भएको थियो भने  सन् २०१९ सम्म आइपुग्दा बृद्वी दर ०.५ मा झरेको तथ्यांकले देखाएको छ l

 

सन् २०२० मा २ लाख ७५ हजार ८ सय १५ नयाँ जन्म भएको छ भने मृत्यु हुनेको संख्या ३ लाख ७ हजार ७ सय ६४ रहेको  रहेको छ l सन् २०११ देखि १९ सम्म आउदा मृत्यु दर केहि बढेपनि कुल जनसंख्या भने घटेको थिएन l

प्रतिक्रियाहरू