कोरिया सरकारले साना व्यावसायिक कम्पनीहरुलाई आर्थिक सहायता दिने

2679

कोभिड – १९ महामारीका कारण  बन्द हुने अबस्थामा रहेका साना व्यावसायिक कम्पनीहरुलाई  कोरिया सरकारले आर्थिक सहायता उपलब्ध गराउने भएको छ l

यहि फेब्रुरीको दोस्रो  साता देखि आर्थीक अभाबले छटपटाईरहेका उक्त कम्पनीहरुलाई पुनः सुचारु गर्न गर्न सरकारले आर्थीक सहायता उपलब्ध गराउने भएको हो l

उक्त सहायताको लागी सरकारले ९.३ ट्रीलियन वोन अर्थात ८.६ बिलियन अमेरिकी डलर छुट्याएको अर्थ मन्त्रालयलाइ उदृत गर्दै राष्ट्रिय समाचार एजेन्सी  योंघापाले जनाएको छ  l ९० प्रतिशत आर्थिक सहायता फेब्रुरी  ११ देखि १३ सम्म मा उपलब्ध गराउने बताएको छ l

महामारीका कारण कतिपय कम्पनीहहरुका उत्पादनहरु आबस्यक निर्यात हुन नसक्दा बन्द हुने अबस्थामा पुगेका छन् भने कतिपय कम्पनीहरु बन्द भैसकेका छन् l

प्रतिक्रियाहरू