सर्जक उदय भट्टराईको “:किन माया लाउँछ ” बजारमा, टिकटोकमा पनि बिसेष चर्चा (भिडियो सहित )

335

नेपाली गीत संगीतका सफल सर्जक उदय भट्टराईको नया लोकदोहोरी गीत “किन माया लाउँछ ” बजारमा रिलिज भएको छ। सार्बजनिक भएको केहि दिनमा नै गीतको चौतर्फी चर्चा पाएको हो  ।

उनका चर्चित गीतहरु धागो राम्रो घुम्ने चर्खाको, कति मिठो बोलि, पाइलै पिच्छे जरो खन्छ्यौ रे, यो बैंशमा रुन पर्याछ, धोकै दिएयौ नि लगाएतका गीतहरुबाट चर्चाको शिखर चुमेका लोकप्रिय सर्जक उदय भट्टराईको निकै समयको अन्तराल पछी अर्को कर्णप्रिय गीत भर्खरै बजारमा आएको हो।
उक्त गीतले  हाल चर्चामा रहेको  सामाजिक संजाल टिकटोकमा समेत बिसेष चर्चा पाएको छ l लाखौ फ्लोवर भएका टिकटोक पारखीहरुले उक्त गीतमा अभिनय गरेको देख्न सकिन्छ l

लोकप्रिय गायक खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको गीतमा लय शब्द उदय भट्टराईको नै रहेको छ । एक प्रेमी जोडीको सम्बन्धमा जातियताको कारण समाजको तगारो उत्पन्न भएपछी अलग रहनु पर्दाको वियोगान्त भावमा तयार भएको यस गीतको म्युजिक भिडिओमा ओबि रायामाझि रोशनि कार्कि र इश्वर बिकको अभिनय रहेको छ।

भिडियोलाई निर्देशन बिनोद भण्डारीले गरेका हुन् भने छायांकन करण चैंसिर र सम्पादन बिकाश ज्ञवालीले गरेका छन् । गीतको सर्वधिकार गोल्डेल क्रिएसन संग रहेको छ ।

अहिले यस गीतको म्युजिक भिडियोलाई उदय भट्टराई युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ । यस गीतका सर्जक उदय भट्टराईले गत दिनहरुका सिर्जना जस्तै यस सामाजिक यथार्थतासंग रुमलिएको सिर्जनालाई पनि उत्तिकै माया गरिदिनु हुनेछ भन्ने कुरामा ढुक्क रहेको बताएका छन् l भिडियो

प्रतिक्रियाहरू