के बिचार नमिल्ने सबै पशु हुन् ?

619

सडक पुरै तातेको छ | ,राजनैतिक समकालीन दौतरीहरुको एक आपसको वैमनस्यताले आज जनता अलमलमा छन, स साना आक्षेप र असन्तुस्टी हुर्किएर वैरभावमा रुपान्तर भइ सकेको छ |आफ्ना दलिल दरिलो बनाउन जनताको सघन उपस्थितिकालागि जहा जे आवस्यक छ सोही सम्भाव भए  पुर्ती गराउदै तत्काल सम्भव नभए  आस्वासन दिएर भएपनि बाहुल्यता देखाउने अनि आफ्नो पक्षको आयतन बढाउने होडबाजी नै चलेको छ |केन्द्रीय राजनीतिबाट  समाज ,समुदाय सघ ,सस्था केहि अछुत रहेन ,अझ सबैभन्दा ठूलो प्रभाव सामाजिक संजालमा देखिएको छ |प्रतिद्वन्द्वीको तेजोबध गर्न साब्दिक ,भाषिक र नैतिक सभ्याताको दाम्लो चुडाएर नै मैदान मा उत्रेका छन|अझ सामाजिक संजालका सुक्ष्म र डरलाग्दो जीवाणुहरुले त मानव सभ्यता मै प्रहार गर्न थालेका छन |यसले जनस्तरमा गर्विलो प्रभाव पार्ने निश्चित  देखिन्छ |

|सडकमा देखिएका बिरोधसभा,  समर्थनसभा  वा चुनावी सभाको औचित्यको समिक्षा अलग होला, नेतृत्वले गलत गरे इतिहासले समिक्षा गर्छ, दुर्नाम बन्छन नै  अपितु आफ्नो पक्षको मास मानवसागर अनि प्रतिद्वन्दीको जनसमुदाय चाइ भेडा??यो कस्तो दृस्टी हो ?कस्तो कनिष्ठ सोच |आफुलाइ प्रबुद्व हैन सम्यक सम्बुद्व ठान्ने यी प्रमत्त मनुवाहरूमात्र मानव हो ?बिचार नमिल्ने सवै पशु??दलिलको मतान्तर हुदैमा मानव सभ्यता भन्दा तल झारेर बोल्ने वा टिप्पणी गर्ने सामाजिक संजालका जीवाणुहरुले जनआपसमा  गर्विलो खाडल खन्दैछन |

सम्मेलनमा  होस् या आन्दोलनमा सबै मानिस बिचारले प्रभावित भएर होमिएका हुदैनन अधिकारको लागि पनि होइनन् पूर्ण मास को अल्पसंख्यकलाइ भेला के का लागि त परै को कुरा कसको भेला नि थाहा हुन्न ,कोहि केहि चिजको प्रलोभनमा परेका हुन्छन त कोहि कसैको अधिनस्थ मा, कतिको त पेशा नै हुन्छ झण्डा बोकिदिने,नारा लगाइदिने तालि बजाइदिने  ,यो आख्यान आज सिर्जित हुदै होइन पुरातन हो अनि सबै दल को हो |

बिचारको मतभेद हुन् सक्छ |आफ्नो मत राख्न पनि पाइन्छ यो प्रजातान्त्रिक पद्वति हो लोकतन्त्रको सुगन्ध हो |यसैको लागि धेरै ले रगत बगाएका छन् |बिचार नमिल्दैमा वा फरक मत राख्दैमा मानवलाइ मानव नदेख्ने मानव  हुनै सक्दैन ,आसुरी प्रवृति हो

प्रतिक्रियाहरू