दक्षिण कोरियामा पहिलो पटक बिरालोमा भेटियो कोरोना भाइरस संक्रमण

379

दक्षिण कोरियामा पहिलो पटक एक बिरालोमा कोरोना भाइरस संक्रमण फेला परेको छ l समाचार एजेन्सी योंगापका अनुसार दक्षिणी  ख्याङ्गसान प्रान्तको जिन्जुमा रहेको एक बस्तीमा रहेको उक्त बिरालोमा भाइरस संक्रमण भेटिएको हो l यसरि मानिस बाहेक जनावरमा समेत कोरोना संक्रमण भेटिएको दक्षिण कोरियामा पहिलो घटना हो l

पछिल्लो समय उक्त बस्तीमा कोरोना महामारी फैलिएपछि कन्ट्रयाक ट्रेसिंग को आधारमा परिक्षण गर्दा बिरालोमा समेत संक्रमण पाइएको बताइएको छ l उक्त बिरालो पाल्ने परिवारका ३ जना सदस्यमा पनि भाइरस पुष्टि भएको छ l

प्रधानमन्त्री चुङ् ले  क्यूनले  प्रेस ब्रिफिंङमा  बोल्दै कोरियामा  मानिस बाहेको   अन्य जनावरमा समेत भाइरस देखा परेको पहिलो घटना भएकोले सबैजनालाई सचेत रहन आग्रह गरेका छन् l

प्रतिक्रियाहरू