दक्षिण कोरियामा भयानक भ्यान दुर्घटना , ७ जना कामदाको मृत्यु , ५ घाइते

2450

दक्षिण कोरियाको थाङ्जिन- योंगदेओक हाइवे स्थित सेजोंगमा सोमबार भएको भयानक दुर्घटनामा परि ७ जना पार्टटाईम कामदारको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् l

तिब्र गतिको उक्त भ्यानले एउटा कारलाई ओभरट्याक गर्ने क्रममा बाटोको छेउमा रहेको रोड सिग्नलमा ठोकिदा उक्त दुर्घटना भएको प्रहरीलाई उधृत गर्दै योंघाप समाचार एजेन्सीले जनाएको छ l उक्त भ्यानमा १२ जना कामदार सवार थिए l घाइते मध्ये २ जनाको अबस्था गम्भीर छ l उनीहरुको थेजन स्थित एक अस्पतालमा उपचार भैरहेको बताएको छ l

दुर्घटना पर्नेमा कोरियन लगाएत चिनियाँ पार्ट टाइम कामदार समेत छन् l उनीहरु उक्त दीन काम नभएको कारण आफ्नो बास्थान फर्किदै गर्दा सो दुर्घटना भएको बताइएको छ l

तिब्र गतिको उक्त भ्यानमा ड्राभर बाहेक अधिकांस यात्रुले सिट बेल्ट समेत नलगाएको प्रहरीले जनाएको छ l

प्रतिक्रियाहरू