कोरियामा एक ब्याक्तिले राष्ट्रिय कर सेवाका ३ कर्मचारी माथि गरे चक्कु हमला , आफैले गरे आत्महत्या

1461

दक्षिण कोरियामा एक ब्याक्तिले राष्ट्रिय कर कार्यालयका ३ कर्मचारीलाई चक्कुले आक्रमण गरि आफैले आत्महत्या गरेका छन l
बुधबार करिब ५ बजे तिर “नाम ” थर भएको ५० बर्षिय उक्त ब्याक्तिले राजधानी सियोल स्थित जम्सिल ब्रान्चमा रहेको राष्ट्रिय कर सेवा कार्यालय भित्रै ३ जना कर्मचारीलाई चक्कुले आक्रमण गरि आफुले बिष सेवन गरेर आत्महत्या गरेको स्थानीय प्रहरीलाई उदृत गर्दै समाचार एजेन्सी कोरिया टाइम्सले जनाएको छ l

आक्रमण बाट घाइते कर्मचारीको हाल स्थानीय अस्पतालमा उपचार भैरहेको छ भने स्थिति खतरामुक्त रहेको बताइएको छ l आक्रमणमा पर्नेमा २ जना पुरुष छन् भने १ जना महिला कर्मचारी छन् l

समाचार अनुसार गत डिसेम्बरमा ति महिला कर्मचारीले “नाम “को विरुद्व प्रहरीमा केस दर्ता गर्न अनुरोध गरेकी थिइन l प्रहरीले उनको अनुरोधलाइ स्वीकार्दै उक्त ब्याक्तिलाई एउटा स्मार्ट घडी दिएको थियो l जब त्यो ब्याक्ति ति महिलाको नजिक पुग्थ्यो उक्त घडीले प्रहरीलाई संकेत दिन्थ्यो l तर उक्त दीन आक्रमणकारीले घडी लगाएको थिएन l

प्रहरीले उक्त ब्याक्ति र ति महिला बिचको सम्बन्ध तथा घटनाको वास्तविक कारण के हो भन्ने वारे थप छानबिन भैरहेको बताएको छ l

प्रतिक्रियाहरू