कोरियामा एक महिनामा १० लाखले रोजगारी गुमाए ,२३ बर्ष पछिको सबैभन्दा धेरै

1426

दक्षिण कोरियामा गएको जनवरीमा रोजगारी गुमाउनेको संख्या ९ लाख ८२ हजार पुगेको छ l गत डिसेम्बर देखि फैलिएको  तेस्रो लहरको कोभिड १९ का कारण पछिल्लो समय रोजगारि गुमाउनेको संख्या बढ्न थालेको हो l

बुधबार प्रकाशित एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै करिब १० लाख रोजगारी कटौती भएको छ l यो पटक  बेरोजगार  हुनेको संख्या १९९८ भएको एसियन वित्तीय संकट  पछिको पहिलो हो l

कोभिड१९ का कारण सरकारले पारेको कडा सामाजिक दुरीका कारण  रोजगारी गुमाउनेमा साना तथा मझौला कम्पनीहरुमा काम गर्ने कामदार सबैभन्दा बढी छन् l त्यसैगरी होटेल रेस्टुरेन्ट , तथा अन्य मनोरन्जन स्थलहरुमा काम गर्ने अधिकांस कामदारले रोजगारी गुमाएका छन् l

महामारीकै कारण हाल सम्म रोजगारी गुमाउनेको संख्या २५.८ मिलियन छ l हाल सम्म सेवा क्षेत्रमा रोजगारी गुमाउनेको संख्या ८ लाख ९८ हजार छ भने पार्ट टाइम काम गर्ने ५ लाख ६३ हजारले रोजगारी गुमाएका छन् l त्यसैगरी दैनिक ज्यालादारी काम गर्ने २ लाख ३२ हजारले रोजगारी गुमाएका छन् भने स्वोरोजगार १ लाख ५८ हजारले रोजगारी गुमाएका छन l

प्रतिक्रियाहरू