प्रतिगमन बिरुद्ध कोरियामा बृहत र्याली

2983

प्रचण्ड माधब समुहको नेकपा निकट प्रवासी नेपाली एकता मन्च दक्षिण कोरियाले कोरियाको बुसान शहरमा प्रतिगमन बिरुद्द बृहत बिरोध र्याली निकालेको छ ।

यहि फागुन १ गतेका दिन कोरियाको बुसान क्षेत्रले २६ औ ऐतिहासिक जनयुद्द दिवशको अवसर पारेर शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रम आयोजना गरेको थियो ।संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका निमित्त जिबनको कुर्बानी दिने वीर शहिदहरुको सम्झना गर्दै शुरु भएको कार्यक्रम प्रतिगमनका बिरुद्द र्याली निकालेर समापन भएको थियो ।

कार्यक्रमका सम्पुर्ण बक्ता हरुले जनयुद्ध को जगमा स्थापित भएको पछिल्ला सम्पुर्ण राजनैतिक उपलब्धिहरु लाइ हर हालतमा रक्षा गर्नु पर्ने धारणा राखेका थिए ।गणतन्त्रका बिरोधिहरुले पुर्ण स्थापित भैनसकेको ब्यबस्था नै मास्न खोजेकाले जुनसुकै मूल्य चुकाएर भए पनि आजका युबाहरुले यो सुनौलो ब्यबस्था जोगाउन लाग्नु पर्ने सबैको साझा धारणा रहेको थियो ।कार्यक्रममा संगठनका केन्द्रिय सदस्य तथा बिभिन्न बिभागका इन्चार्ज सहित क्षेत्रीय कमिटीका सदस्य हरुको उल्लेख्य उपस्थित रहेको थियो ।

औपचारिक कार्यक्रम समापन पश्चात् नेपाली साथिहरुको बाहुल्यता रहेको क्षेत्रमा कोरियाको नियम कानुनलाइ मध्यनजर गर्दै पुर्ब निर्धारित योजना अनुसार प्रतिगामी असंवैधानिक कदमको बिरोधमा ब्यानर सहित बिरोध र्याली निकालिएको संगठनको अनुशासन बिभाग संयोजक संतोष बराल ले जानकारी दिए ।

बिरोध र्यालीलाइ समापन गर्दै सम्पुर्ण सदस्य हरुले जनयुद्द को जगमा स्थापित भएको संघीय लोकतान्त्रिक गणतन्त्र लाई पुर्ण कार्यान्वयन गर्दै देशलाइ आर्थिक समृद्धि को दिशातिर उन्मुख गराउनु बिकल्प नरहेको जनाएका थिए ।

प्रतिक्रियाहरू