प्रबासी नेपाली एकता मंच कोरियाले लामो समय देखि रिक्त रहेको आफ्नो संगठनको सम्पुर्ण बिभाग हरुलाइ पुर्णता दिएको छ ।केही दिन अगाडी संगठनका अध्यक्ष दिलिप धितालको अध्यक्षतामा बसेको पुर्ण केन्द्रिय कमिटिको भर्चुअल बैठक ले संगठन भित्र रिक्त रहेका सम्पुर्ण बिभागहरुलाइ उचित जिम्मेवारी सहित पूरा गरेको हो ।
साथै प्रबासी नेपाली एकता मन्च कोरियाले आफ्ना क्षेत्रीय संगठन हरुलाइ पनि चुस्त दुरुस्त बनाउन पुनर्निर्माण अभियान शुरु गरेको छ ।पछिल्लो समयमा निष्क्रिय जस्तै रहेका क्षेत्रीय कमिटी हरुलाइ पुनः सकृय बनाउने ,व्यापक पार्टी सदस्यता बितरण गर्ने,प्रत्येक क्षेत्रमा प्रतिगमनका बिरुद्द सम्भब भए सम्म बिरोध कार्यक्रम हरु गर्ने लगायतका बिषयहरु लाई समाबेश गरेको छ ।
पुर्ब माओवादी केन्द्र र पुर्ब एमाले बिच पार्टी एकता पश्चात् प्रबास संगठन हरुको संरचनामा तत्काल का लागि अध्यक्ष ,सचिब र ३५ सदस्यीय केन्द्रिय अधिबेशन आयोजक समिती रहने गरि संगठन निर्माण भएको थियो ।तर दुर्भाग्य संगठन ले औपचारिक रुपमा पुर्णता नपाउदै पार्टी बिभाजित भैसकेको छ ।
प्रबासी नेपाली एकता मन्च कोरिया को पछिल्लो पुर्ण संरचना यस्तो रहेको छ ।
अध्यक्ष – दिलिप धिताल
सचिब – शुभराज भोम्जन
संगठन बिभाग इन्चार्ज – खगेन्द्र बुढामगर
संगठन बिभाग संयोजक – चुडामणि अधिकारी
प्रचार प्रसार इन्चार्ज तथा प्रबक्ता – राजु श्री
सुचना तथा सन्चार संयोजक – गोकुल प्रसाद दङ्गाल
महिला बिभाग संयोजक – निर्मला खड्का
यूवा बिभाग इन्चार्ज – राजेन्द्र दुलाल
युबा बिभाग संयोजक – सुमन हाङसोराङ ( जेजुदो )
सामाजिक संघसंस्था समन्वय बिभाग
इन्चार्ज – प्रीतम गुरूङ
संयोजक – वाइ . बी .मगर
बिद्यार्थी बिभाग संयोजक – ठाकुर ढकाल
बुद्धिजीवी तथा ब्यबसायी समन्वय बिभाग
संयोजक – इश्वर कठायत
साँस्कृतिक बिभाग इन्चार्ज – लक्ष्मण पाण्डे
संयोजक – राजु राई
खेलकुद बिभाग
इन्चार्ज – प्रबिन गिरी
संयोजक – कृष्ण न्यौपाने
पुर्ब जनमुक्ती सेना बिभाग
संयोजक – बि.बि. तामाङ
स्कुल बिभाग इन्चार्ज – श्यामसुन्दर नेपाल
संयोजक – तपस तामाङ
अनुशासन बिभाग इन्चार्ज – नोबिन्द्र कटुवाल
संयोजक – सन्तोष बराल
आर्थिक बिभाग इन्चार्ज -पुरूसोत्तम गौतम
संयोजक – जीबन खतीवडा