✍️मुक्तक✍️ कोरियाको खोरियामा

245

घरको चुल्हो नबोल्दा कोरियामै पुग्ने बनायौ
हे!सरकार कोरियाको खोरियामै लुक्ने बनायौ

जन्मदिने आमा भन्दा प्यारो नेपाल छोडि आएँ
बिर नेपालि कोरियाको भरियामै झुक्ने बनायौ

कठोर मन तिम्रो रेमिट्यान्स बाट देश चलाउने
माहिर रहेछौ ओलिको बोलिमानै बिक्ने बनायौ

बिरताको शान झल्काउने हामी नेपालि युवाहरु
आज आफ्नै पसिनाको खोलिमानै डुब्ने बनायौ

अझै कति मौन बस्छौ देशमा भ्रष्टाचारि पल्काई
कसरी सहनु आफ्नै दाजु भाइ बाट लुट्ने बनायौ

मेरै सुन्दर देशमा राम्रो रोजगार देउन हे सरकार
साँच्चै आज आफ्नै जीवन साथि बाट छुट्ने बनायौ

घरको चुल्हो नबोल्दा आज कोरियामै पुग्ने बनायौ
हे!सरकार किन कोरियाको खोरियामै लुक्ने बनायौ

राजु भुजेल (लाल बहादुर) स्याङ्गजा,चिन्नेबास

प्रतिक्रियाहरू