कोरियाले शुक्रबारदेखि देशब्यापी रुपमा कोभिड भ्याक्सिनको कार्यक्रम शुरु गर्ने

359

दक्षिण कोरियाले भोलि शुक्रबारदेखि देशब्यापी रुपमा कोभिड भ्याक्सिनको कार्यक्रम शुरु गर्ने भएको छ l पहिलो चरणमा अस्ट्राजेनेका कम्पनि द्वारा निर्मित भ्याक्सिन ६५ बर्ष भन्दा मुनिका कोरियन स्वास्थ्यकर्मी तथा नर्सिंङ्होमका कर्मचारीहरुलाई दिइने स्वास्थ विभागले बताएको छ l खोप कार्यक्रम भोलि बिहान ९ बजे देखि शुरु हुदैछ l

सरकारी अधिकारीहरुका अनुसार थेगुको एक अस्पतालमा रहेका ६० बर्षीय एक जोडी डाक्टर बाट खोप शुरुवात गरिने छ l बुसानमा एक ५० बर्षिय नर्सले पहिलो पटक खोपको डोज प्राप्त गर्ने छन् l कोरिया संगै विश्वका अन्य दर्जन भन्दा धेरै देशहरुले भोलि देखिनै खोपको कार्यक्रम शुरु गर्दैछन l

कोरियाले आगामी मार्चको अन्तिम सम्म २ लाख ८९ हजार स्वास्थ्यकर्मी तथा बिरामीहरुलाई खोपको दुवै डोज दिने तयारि गरेको छ l

पहिलो चरणको कार्यक्रम अन्तरगत अस्ट्राजेनेकाको खोप कोरियाको एसके बायो-साइन्सले निमार्ण गर्दैछ l उक्त कम्पनीद्वारा निर्मित १.५७ मिलियन डोज खोप ७ लाख ८० हजार मानिसलाई २ डोज बराबर हुने छ l

प्रतिक्रियाहरू