दक्षिण कोरियामा कोभिड-१९को खोप लगाएपछि मृत्यु हुनेको संख्या २ पुग्यो

3488

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा कोभिड-१९ खोप लगाएका २ जनाको बुधबार मृत्यु भएको छ l समाचार एजेन्सी कोरिया टाइम्सका अनुसार नर्सिंग होम केयर सेन्टरमा बसोबास गर्दै आइरहेका उनीहरुको अस्ट्राजेनेकाको पहिलो सट खोप लगाएपछि मृत्यु भएको हो l उनीहरु ख्याङ्गिदो प्रान्तको फेन्तेक र गोयाङ् क्षेत्रमा रहेको नर्सिंग होममा बस्दै आइरहेका थिए l

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभागका अनुसार मृत्यु हुनेमा पहिलो ५० बर्षीय ब्याक्तिमा खोप लगाएपछि स्वासप्रश्वास तथा हृदयघातको लक्षण देखिएको थियो भने अर्का ६३ बर्षिय ब्याक्तिमा खोप लगाएपछि ज्वोरो र शरीर दुख्ने लक्षण देखा परेको थियो l उनीहरुले क्रमसः गत मंगलवार र शनिवार खोप लगाएका थिए l

उनीहरुको मृत्यु खोप संग सम्बन्धित हो होइन भन्ने वारे थप छानबिन भैरहेको बताइएको छ l दक्षिण कोरियाले गत शुक्रवार देखि अस्ट्राजेनेका तथा फाइजरको को पहिलो सट खोप शुरु गरेको छ l मंगलावार सम्म ८७ हजार ३ सय २८ जनाले खोप लगाइसकेका छन् l ति मध्ये फाइजरको खोप लगाउने १ हजार ५ सय २४ जना छन् l

कोरियामा कोभिड खोप लगाएपछि असामान्य स्वास्थ्य अबस्था देखिएका मानिसहरुको संख्या हाल सम्म २०७ पुगेको छ भने मृत्युहुनेको संख्या २ छ l

प्रतिक्रियाहरू