कोरियाको ख्याङ्गिदोमा बस्ने विदेशीले कोभिड-१९ परिक्षण नगरे ३० लाख वोन सम्म जरिवाना

800

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्तमा बस्ने सबै बिदेशी कामदारले अनिवार्यरुपमा कोभिड-१९ परिक्षण गर्नु पर्ने भएको छ l स्थानीय प्रशासन द्वारा जारि  निर्देशन अनुअसार यहि मार्च २२ तारिख भित्र अनिबार्य परिक्षण गर्नु पर्ने भएको हो l

स्थानीय सरकारले हाल सम्म ८५ हजार विदेशीलाई भाइरस परिक्षणको निमित्त  जनाकारी गराइसकेको  बताएको छ l त्यसैगरी अबैधानिक कामदारले समेत अनिबार्य परिक्षण गर्नुपर्नेछ l अबैधानिक कामदारको हकमा कुनैपनि परिचय खुलाउनु पर्ने छैन l स्थानीय निर्देशन अनुसार बैधानिक अबैधानिक सम्पूर्ण बिदेशी  कामदारले परिक्षण निशुल्क प्राप्त गर्नेछन l

कोरियाको उच्च जनघनत्व रहेको ख्याङ्गिदो प्रान्तमा २५ हजार रोजगारदाताले बिदेशी कामदार राखेको अनुमान छ l ब्याबसायको हकमा उक्त कम्पनिमा कम्तिमा १ जना बिदेशी कामदार रहेपनि  मार्च २२ सम्म  अनिबार्य रुपमा कोरोना परिक्षण गरेको हुनुपर्ने छ l स्थानीय प्रशासनको निर्देशन नमानी उक्त अबधिमा परिक्षण नगर्नेले २० देखि ३० लाख कोरियन वोन जरिवाना तिर्नु पर्ने बताइएको छ l

पछिल्लो समय ख्याङ्गिदो प्रान्तका केहि कम्पनीमा कार्यरत बिदेशी कामदारमा सामुहिक संक्रमण देखा परेपछि स्थानीय सरकारले सो नियम ल्याएको हो l

हाल सम्मको तथ्यांकअनुसार कोरियाको ख्याङ्गिदो प्रान्तमा रहने १ हजार ७ सय ४७ जना विदेशीले कोरोना भाइरस परिक्षण गरेका छन्

प्रतिक्रियाहरू