प्रवासी नेपाली एकता मञ्च कोरियाले थेजन कमिटीलाई दियो पूर्णता

267

प्रवासी नेपाली एकता मञ्च कोरियाले क्षेत्रीय कमिटि थेजनको नेतृत्व हस्तान्तरण भएको छ । मञ्चको अध्यक्ष र सचिव मातृभूमि फर्कीएपछि रिक्त रहेको उक्त पदमा जिबन पौडेल, भरत कुँवरलाइ चयन गरेको हो  ।

प्रवासी नेपाली एकता मञ्च दक्षिण कोरीया केन्द्रीय अध्यक्ष सृजना नेपालीको प्रमुख अतिथ्य तथा केन्द्रीय कमिटि सदस्य तथा थेजन क्षेत्रीय कमिटि इन्चार्ज मदन भुजेल को अध्यक्षतामा सम्पन्न भएको थियो । त्यसैगरी सदस्यमा समेत पहिला रहेका सस्यम सहित थप १७ जना सदस्यहरु थप गरिएको छ । आशिष गुरूङ , जनरदन पनित्त , गंगाराम पौडेल , नेत्र लम्साल, वीर चन्द्र कुलुङ राई ,अजय राई ,लक्ष्मी लामा, दीपक चेम्जोङ्ग ,मनिकला लिम्बु,किरण पौडेल, निरजन बुढा खत्री, गोविन बस्याल, सुर्यमान पौडेल,ढक बहादुर उचै ठकुरी, केदार न्यौपाने विर बहादुर राइलाइ थप गर्ने निणर्य गरेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा प्रवासि नेपाली एकता मञ्च दक्षिण कोरीया अध्यक्ष सृजना नेपाली, केन्द्रीय सदस्य मदन भुजेल, नबनियुक्त अध्यक्ष जिबन पौडेल लगायतले सर्वोच्चको फैसलाले मुलुकलाइ निकासको दिसामा लैजान सहयोग गर्ने भन्दै निर्णयलाइ स्वागत समेत गरे

प्रतिक्रियाहरू