हुर्किएको “प्यापड चाइल्ड ”;भिटामिन पुष ५

625

माओबादी एकल जातीय पहिचानको मुद्दा नछोड्ने मधेसी मोर्चा तराइमा दुइ प्रदेस भन्दा दायाँबायाँ गर्न नचाहने अनि कांग्रेस र एमाले ति कुरै सुन्न नचाहने |तत्कालिन संविधानसभा विघठनको डिलमा पुर्याएको यो परिस्थिमा तात्कालिन रास्ट्रपति रामबरण यादबले भारतीय राजदुत जयन्त प्रसादलाई सघियाताका बाकीकुरा रुपान्तरित संसदले मिलाउने गरि मधिसी दललाई सम्झाइदिन् आग्रह गरेका थिए |यस्तो एउटा गजबको प्रसंगमा उनले(जयन्त) भनेका थिए मधेसबादी दलहरु “प्याम्पड चाइल्ड” हुन(बेला बखत बाबु आमाको कुरा समेत नमान्ने )|मेरो कुरा मान्छन भन्ने मा बिस्वस्त छैन

|
पुष ५ पछीको प्रमको कदमले राजनीतिक माहोल जति तरंगित थियो फाल्गुन २३ को अदालतको निर्णयले तरंगित राजनीतिक माहोललाइ गुणात्मक बनाइदियो | एकल पार्टीको सरकार आज दुइ वा दुइभन्दा बढी दल मिलेर बनेको सरकारमा परिणत भयो त्यो भन्दा पेचिलो परिस्थिति त कम्नुयुस्ट कमरेडहरु नै एक अर्कालाई सिध्याउने खेल मा लागे |आ आफ्नै अडान बाट रत्तिभर नओर्लानुले पनि राजपालाई थप शक्ति मिलेको हो | आज परिस्थिति पुन दोहरिएको छ |जनता समाजवादी दल आज नेपालि राजनीति को केन्द्रमा छ आज देश लाइ नया नेतृत्व दिने ,पुरानैलाई यथावत राख्ने वा मध्यावादी तर्फ लाने राजनीतिक विकल्पको जादुको छडी राजपा संग नै छ |सत्तासिन सत्ता जोगाउन, माओबादी र कांग्रेस पनि ओली सरकार ढालेर नया सरकार बनाउन राजपा कै साथ् खोजिरहेका छन | तर तात्कालिन राजदुत जयन्त प्रसादले भनेजस्तो हिजोको प्याम्पड चाइल्ड अब आश्वासनको ललिपपमा भुल्ने छनक देखिदैन |प्याम्पड चाइल्ड हुर्किसकेछ, हिजो आफ्नो काधमा टेकाएर अरुलाई रुख चढाउने आज आफै रुख चढ़न इच्छाउदैछ |एकमुठी ललिपपमा रम्ने प्यापड चाइल्ड आज पसलमा नै आफ्नो अधिनस्थ चाहन्छ |देशलाई आफै नेतृत्व दिने दौडमा छ राजपा| संसदीय ब्यबस्थामा एउटा राजनीति दलले देशको नेत्रित्वलिने तर्क असाधारण नहोला ,तर संसदको चौथो दलले एकाएक नेतृत्वको हुँकार गरिरहदा जनादेसको उपेक्षा हुन्न र ?जनभावना विपरित हुन्न र ?यसको समिक्षा हुदै गर्ला तर यसको उपज ,अपनत्व वा भिटामिन पुस ५ नै हो

प्रतिक्रियाहरू