कोरियाको सिओल नगरले पनि दियो विदेशीलाई अनिबार्य कोरोना परिक्षण गर्नुपर्ने आदेश

427

दक्षिण कोरियाको ख्याङ्दिगो प्रान्त पछी सियोल नगरपालिकाले पनि नगर भित्र बसोबास गर्ने बिदेशी नागरिकले अनिबार्य कोरोना परिक्षण गर्नुपर्ने आदेश दिएको छ l

नगरले मंगलवार एक आदेश जारि गर्दै यहि मार्च ३१ तारिख सम्म राजधानी वासी सम्पूर्ण बिदेशी नागरिकले अनिवार्यरुपमा कोरोना परिक्षण गर्नु पर्ने बताएको छ l

पछिल्लो समय राजधानी सियोलमा नयाँ संक्रमित थापिनेक्रम बढेसंगै नगर प्रशासनले बिदेशी नागरिकलाई अनिबार्य परिक्षण गर्नुपर्ने आदेश दिएको हो l यस भन्दा पहिला ख्याङ्दिगो प्रान्तले आफ्नो क्षेत्रमा रहेका सम्पूर्ण बिदेशी नागरिकले अनिबार्य कोरोना परिक्षण गर्नुपर्ने आदेश दिएको थियो l हाल उक्त क्षेत्रमा परिक्षण गर्ने बिदेशीको भिडभाड अत्यधिक बढेको छ l
सिओल नगरले पनि परिक्षणको ब्याबस्था निशुल्क गरेको छ भने  भने दैनिक ३६ सय सम्मको परिक्षण क्षमता रहने बताएको छ lयदि उक्त समय भित्र कोरोना परिक्षण नगरे जरिवाना समेत लाग्ने छ l

त्यसैगरी ख्याङ्दिगो प्रान्तमा रोजगार दाताले नया कामदार राख्दा अनिबार्य रुपमा कामदारको कोरोना परिक्षण गर्नु पर्ने छ l उक्त नियम यहि मार्च २२ तारिख देखि अप्रिल ३० तारिख सम्म लागु हुने बताएको छ l

प्रतिक्रियाहरू