दक्षिण कोरियाको जन्मदर विश्वकै सबैभन्दा कम

761
NYC Artistic baby photographer, Robert Austin Fitch Photography Fine art newborn pictures in NYC, CT, New York, New Jersey

दक्षिण कोरिया विश्वकै कम जन्मदर भएका देशको सुचिमा पहिलो स्थानमा परेको छ l संयुक्त राष्ट्रसंघ जनसंख्या कोष द्वारा १९८ देशमा गरिएको अध्यन पछी प्रकाशित तथ्यांक अनुसार कोरिया सबैभन्दा कम जन्मदर भएका देशको सुचिमा पहिलो स्थानमा परेको हो l
तथ्यांकअनुसार सन् २०२१मा दक्षिण कोरियाको जन्मदर प्रति महिला १:१ छ l यसरि जन्मदर कम भएपछी कोरियामा बृद्वहरुको संख्यामा बृद्वी भएको छ तथ्यांकमा उल्लेख छ l
दक्षिण कोरियाको हालको जन्मदर विश्व औसत भन्दा निकै कम हो l संयुक्त राष्ट्र संघीय विश्व औसत जन्मदर हाल २:४ रहेको छ l
यसरी जमदार कम हुदै जादा हाल दक्षिण कोरियामा १४ बर्ष मुनि जनसंख्या १२.३ प्रतिशत मात्र रहेको तथ्यांकले देखाएको छ l त्यसैगरी जापानको पनि जन्मदर न्यून भै १४ बर्ष मुनिको जनसंख्या कोरियाकै बराबर छ l जुन विश्व तथ्यांकअनुसार २५.३ प्रतिशत हुनु पर्दछ l
त्यसैगरी ६५ बर्ष माथिका बृद्वको संख्या १६.६ प्रतिशत रहेको तथ्यांकले देखाएको छ l जुन विश्व औसतमा ९.५ प्रतिशत मात्र हुनु पर्दछ l
दक्षिण कोरियाको औसत आयु हाल ८३ बर्ष पुगेको छ जुन विश्वकै ११ औं स्थानमा पर्दछ l

प्रतिक्रियाहरू