कोरियाको पसलबाट समान चोर्ने पाकिस्तानी दुतावासका २ कर्मचारी छानबिनमा

1889

दक्षिण कोरियाको इथेवन स्थित एक पसल बाट समान चोरेको आरोपमा कोरिया स्थित पाकिस्तानी दुतावासका दुइजना कर्मचारी प्रहरी छानबिनमा परेका छन्  l समाचार एजेन्सी योहापका अनुसार ति दुइ कर्मचारीले फरक फरक मितिमा ११ हजार वोन तथा १९ सय वोन को समान चोरेका थिए l
सिसिटिभी फुतेजको आधारमा उहिहरु विरुद्व केस परेपछि योंसान प्रहरीले आबस्यक छानबिन गरेको थियो l छानबिनको क्रममा उनीहरुले दुइ फरक मितिमा केहि चोकोलेट तथा ह्याट चोरेको पत्ता लागेको प्रहरीले बताएको छ l
चोरी गर्ने दुतावासका कर्मचारी भएको कारण कुटनीति कारबाही हुने भएकोले सामान्य छानबिन पश्चात छाडेको समाचारमा उल्लेख छ l पसल धनीले पनि उनीहरुलाई तत्काल कारबाही नगर्न पअनुरोध गरेको आधारमा हाल उनीहरु विरुद्वको केस प्रहरीले बन्द गरेको छ l
दक्षिण कोरियामा सानोतिनो चोरीको केसमा पनि ठुलो कारबाही हुने गर्दछ l प्रायजसो यहाका डिपार्टमेन्टटल स्टोरहरुमा सेल्फ सर्भिस हुने गर्दा कहिले काहिँ झुक्किएर आफुले लिएको सामानको पैसा नतिरी बाहिर निस्किएमा पनि चोरीको केस लाग्ने सम्भावना हुन्छ l प्रायः भर्खर कोरिया प्रवेश गर्ने बिदेशीहरु यस्ता सानातिना कुरामा धेरै सजक हुनुपर्ने देखिन्छ l

प्रतिक्रियाहरू