कोरियाको न्याय मन्त्रालय द्वारा बिभिन्न देशका प्रतिनिधिहरु संग छलफल , नेपालको तर्फ बाट बिनोद कुँवर उपश्थित

633

दक्षिण कोरियाको न्याय मन्त्रालयले कोरोना रोकथामको बिषयमा बिभिन्न देशका प्रतिनिधि संग छलफल गरेको छ l कार्यक्रममा दक्षिण कोरियाली न्याय मन्त्री पार्क वोम क्यू, दक्षिण कोरिया अध्यागमन विभागका कमिसनर छा ग्यु गुन तथा निर्देशक किम व्यङ छुल लगायत कोरियाली सरकारका बिभिन्न विशिस्ट कर्मचारीहरु एंव पाकिस्तान, बंगालदेश, टर्कि लगायत बिभिन्न राष्ट्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो l साथै नेपालको तर्फ देखि एन ए एशिया प्यासिफिक आईसिसी प्रतिनिधि विनोद कुँवरको उपश्थिति रहेको थियो l

कार्यक्रममा वोल्दै न्याय मन्त्री पार्क वोम क्यू ले कोरोना नियन्त्रण तथा रोकथामका लागी अपनाउनुपर्ने सावधानीका बारेमा बिभिन्न मिडियामा सुचना तथा मोवाईलमै अलर्ट दिने जस्ता सुचना दिइएको भएतापनि विभिन्न रास्ट्रका प्रतिनिधिहरुलाई वोलाई कार्यक्रममा गर्नुको उद्देश्य यो माहामारी नियन्त्रणमा सबैको सहभागिता र अपनत्व रहोस् भन्ने रहेको र यो माहामारी नियन्त्रणको लागि प्रभावकारी रूपमा सबैले आफ्नो स्थानबाट सहयोग गर्न हार्दिक अनुरोध समेत गरे।

छलफल विशेषगरी कोरोना नियन्त्रण तथा सावधानी, विदेशीहरूको भिषागत समस्या, कोरोना नियन्त्रणमा सहकार्य एंव निशुल्क उपचार एंव बिना भेदभाब निशुल्क भ्याक्सिनको उपलब्धता लगायत बिभिन्न समसामयिक समस्याहरुको बारेमा छलफल भएको थियो।

बिभिन्न राष्ट्रका प्रतिनिधिरूले आ-आफ्नो धारणा राखेका थिए। यसै क्रममा नेपालको तर्फबाट कुँवरले विदेशी नागरीकहरलाई विना भेदभाव कोरोनाको भ्याक्सिन उपलब्ध गराउन तथा कोरोना संक्रमित विदेशीहरंलाइ निशुल्क उपचार गराउन बिशेेष ध्यानाकर्षण गराउदैैँ बिदेशिहरुको भिषागत समस्यालाई पनि गम्भीरताका साथ लिनको लागि अध्यागमन बिभागलाई अनुरोध समेत गरेका थिए।

प्रतिक्रियाहरू