कोरियामा एक नेपालीले भेटेको १३ लाख प्रहरीलाई बुझाए

2804

दक्षिण कोरियामा एक नेपालीले बाटोमा भेटिएको पैसा झण्डै १३ लाख वन कोरियाली प्रहरीलाई बुझाएर आफ्नो ईमान्दारिता प्रदर्शन गरेका छन् ।

हाल दक्षिण कोरियाको ईन्छन सहरमा बसोबास गरिरहेका रामेछाप जिल्ला लिखु गाउँपालिका वार्ड नं. ७ का प्रदिप श्रेष्ठले उक्त रकम भेट्टाएका थिए । ईन्छन स्थित औधोगिक क्षेत्र नाम्दोङमा आईतबार बाटोमा हिँड्ने क्रममा खाममा उक्त रकम भेटिएको हो । रकम मध्ये १० लाख १ हजार कोरियन वन र बाँकी फिलिपिन्स, हङकङ र ताईवानका नोटहरू थिए । उक्त रकम भेटेपछि उनले ईन्छन् स्थित एक प्रहरी कार्यालयमा उक्त रकम बुझाएर आफ्नो ईमान्दारिता देखाएका हुन् ।

सन् २००९ मा पहिलो पटक दक्षिण कोरियामा ई – ९ भिसा लिई कामदार को रुपमा प्रवेश गरेका श्रेष्ठ हाल  एफ -२ भिसा परिवर्तन गरि रेसिडेन्सी भिसा अन्तर्गत कोरियामा बसोबास गरिरहेका छन् । उनी ईन्छन् होगुफो स्थित विदेशी सहायता तथा परामर्श केन्द्रमा लामो समयदेखि स्वयम्सेवक भई दोभाषेको रुपमा काम गर्छन् । रकम भेट्टाएर प्रहरीलाई बुझाउन पाउँदा आफूलाई खुसी लागेको प्रतिक्रिया उनले दिए । अझ जसको पैसा हो, उसैले पाईदिए झन् खुसी लाग्ने उनले बताए ।

कोरियामा बाटोमा पैसा लगायत अन्य बहुमूल्य सामान भेटेमा त्यतिकै छोड्ने वा प्रहरीलाई बुझाउने गर्नुपर्छ । यदि प्रहरी नुबुझाई आफैँले लगेमा चोरी गरे बराबर सजाय हुन सक्ने व्यवस्था छ ।

प्रतिक्रियाहरू