दक्षिण कोरियाले निर्माण गरेको १५ मिनेटमै कोरोना भाइरसको नतिजा दिने किट हरेक पसलमा उपलब्ध हुने

921

दक्षिण कोरियाले निर्माण गरेको १५ मिनेटमै कोरोना भाइरस लागे नलागेको पत्ता लगाउन सकिने किट अब हरेक सुबिधा पसलहरुमा उपलब्ध हुने भएको छ l स्थानीय २ औसधि निर्माता कम्पनि हुमासिस र एसडी बायोसेन्सरले निर्माण गरेको उक्त किटकोको खुद्रा मूल्य १० हजार कोरियन वन अर्थात १ हजार नेपाली रुपिया छ l

जी एस – 25 , सेबेन इलाबेन , इ- मार्ट आदि सुबिधा पसल बाटै सजिलै खरिद गर्न सकिने उक्त किटको माध्यमबाट आफुलाई कोरोना भाइरस लागे नलागेको ब्याक्तिले स्वयम् जांच गर्न सक्छ भने १५ देखि ३० मिनेटमै नतिजा दिन्छ l

प्रयोगकर्ताले आफ्नो नाक बाट स्वाब निकाली उक्त किटको सहायताले चेक जांच गर्न सक्छ यदि नतिजा सकाराल्मक आए सेल्फ आइसोलेसन बस्ने तथा थप पिसिआर जांच गरि स्वास्थ्य सुरक्षा अपनाउन सक्नेछन l

कोरियामा पछिल्लो समय कोरोना भाइरसको प्रकोप थप बढ्न थालेपछि सरकारले परिक्षणको दायरा बढाउन उक्त नीति अबलम्बन गरेको हो l

प्रतिक्रियाहरू