कोरियामा ४ जना इपिएस श्रमिकलाइ सामुहिक कोरोना संक्रमण , उच्च सतर्क रहन सुझाव

879

दक्षिण कोरियाको छनान स्थित एक कम्पनीमा कार्यरत ४ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ l सियोल स्थित नेपाली दुतावासका अनुसार उनीहरुलाई सामुहिक संक्रमण भएको हो l

इ -९ भिसा बाहक नेपाली श्रमिकलाई संक्रमणको पुष्टि भएपछी यहाको श्रम मन्त्रालयले सो वारेमा दुतावासलाइ जानकारी गराएको थियो l यस भन्दा पहिला पनि केहि श्रमिक तथा बिधार्थीहरुलाइ संक्रमणको पुस्टि भएको थियो l

कोरियामा नेपालीहरुबीच पनि कोरोना संक्रमण फैलिन थालेपछि दुतावासले उच्च सतर्कता अपनाउन तथा कोरिया सरकारले तोकेको स्वास्थ्य मापदण्ड पूर्ण रुपले पालना गर्न सूचना मार्फत आग्रह गरेको छ l

प्रतिक्रियाहरू