कोरियाले सुरु गर्यो घरेलु कामदार पनि भित्राउने वारे अनुसन्धान

1860

कोरियाली सरकारले गम्भीर जनशक्तिको अभावको बीचमा विदेशीलाई घरेलु कामदार बजार खोल्नेबारे अध्ययन गरिरहेको छ l

समाचार एजेन्सी कोरिया टाइम्सका अनुसार रोजगारी लागत घटाउने र महिलाको आर्थिक क्रियाकलाप विस्तार गर्ने प्रयासका रूपमा विदेशी कामदारलाई घरेलु कामदारका रूपमा रोजगारीलाई वैधानिक तुल्याउनका निमित्त सरकारले अनुसन्धान गरिरहेको हो lकेही विज्ञहरू भन्छन् ” विदेशी घरेलु कामदारहरूले कोरियाली महिलाको आर्थिक गतिविधिहरूलाई सहयोग गर्न सक्छन् l ”

उनीहरूको नागरिकतालाई ध्यान नदिई उनीहरूलाई घरेलु कामदार बजार खोल्ने तरिकाहरू पत्ता लगाउन रोजगार तथा श्रम मन्त्रालयले हालै कोरिया रोजगार ब्यवसायिक पेन्सन संस्थानलाई अनुसन्धानको जिम्मा लगाएको छ l

हालको कानून बमोजिम, चिन बाट आएका कोरियाली मुलका नागरिक , स्थायी बसोबास सम्बन्धी विदेशीहरू वा कोरियालीहरूसँग विवाह गर्नेहरू बाहेक, यहाँ घरेलु कामदारको रूपमा काम गर्न मिल्दैन ।

बिसेष गरि जागिरे दम्पतिहरुलाइ बच्चाबच्ची हेरचाह गर्ने तथा अन्य घरको काम गर्न कठिनाइ परेपछि घरेलु कामदारको माग अत्यधिक आएको मन्त्रालयले बताएको छ l हाल कोरियाले इपिएस प्रणाली बाट लिने गरेका कामदारले कोरियामा घरेलु कामदारको रुपमा काम गर्न पाउदैनन l

प्रतिक्रियाहरू