कोरियामा एक नेपाली युवक द्वारा झुन्डिएर आत्महत्या

1051

दक्षिण कोरियामा इपिएस मार्फत रोजगारीको सिलसिलामा आएका एक नेपाली युवकले झुन्डिएर आत्महत्या गरेका छन् l विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछापका विष्णु श्रेष्ठले आइतबार साँझ पासो लगाई आत्महत्या गरेको रामेछाप सम्पर्क समितिका अध्यक्ष नबिन श्रेष्ठले जनाएका छन् ।

बिगत ३ वर्ष देखि किम्हे खिन्हुङस्थित एक गोरु फार्ममा कार्यरत श्रेष्ठले केहि महिना देखि डिप्रेसनको औसधि समेत सेवन गर्दै आएका थिए l बिबाहितरहेका श्रेष्ठको एक छोरी समेत छन् l उनि यही जुन ४ मा नेपाल फर्किने तयारीमा रहेको बताइएको छ l

उनका सहकर्मीका अनुसार आइतबार काम सकेर साथीहरु केहि समयका लागी बाहिरतिर घुम्न निस्किएका थिए l तर उनि भने थकाइ लागेकोले बाहिर ननिस्किने भन्दै कोठामै बसेका थिए l साथीहरु केहि समय बाहिर घुमेर कोठामा फर्किदा उनलाई झुन्डिएको अबस्थामा फेला पारेका थिए l

श्रेष्ठलाई झुण्डिएको देखेपछि उनका सहकर्मीले कम्पनी साहुलाई बोलाई कोरियाली प्रहरीको उपस्थितिमा नजिकैको अस्पताल लगिएको थियो । उनको शव हाल नजिकैको अस्पताल राखिएको छ ।

प्रतिक्रियाहरू