६१ जना कामदार रहेको एक कम्पनीमा टिम लिडर बनेका एक नेपाली भन्छन , “कोरिया गाह्रो छ तर मिहनेतको फल मिठो छ “

1937

कोरियाको छङ्बुक स्थित एक कोरियन अचार (खिम्ची ) बनाउने कम्पनीमा कार्यरत बर्दियाका तिलक प्रसाद आचार्य हाल उक्त कम्पनीमा रहेका कोरियन लगाएत सम्पूर्ण कामदारका टिम लिडर{ फान्जाङ्} बन्न सफल भएका छन् l दैनिक २० टन खिम्ची उत्पादन हुने उक्त कम्पनीमा आचार्य बिगत ६ बर्ष देखि कार्यरत छन् l उनि इपिएस मार्फत कोरिया आएका थिए l

उनले उक्त कम्पनीमा पहिला ३ बर्ष छुईम भएर काम गरेका थिए भने पछी छोजाङ् हुदै हाल फान्जाङ् बनेका हुन् l हाल उनि E7-4 भिसा अन्तर्गत परिवार सहित कोरियामा बसोबास गरिरहेका छन् l उनि कार्यरत कम्पनीमा हाल ५ जना नेपाली , ३ जना इजिप्सियन , भियतनामी २ जना, थाइल्यान्ड १० जना, फिलिपिनी १ र कोरियन ४० गरि ६१ जना कामदार छन् l
बिगत लामो समय देखि इमान्दारी पुर्वक काम गरेकै कारण अहिले आफु यो पदमा पुग्न सफल भएको बताउने आचार्य भन्छन ‘ कामको हिसावले कोरिया त्यति सजिलो छैन तर पनि श्रमको उचित मूल्य छ l केहि मात्रामा आफुसंग भाषिक ज्ञान र काम प्रति लगाम छ भने कोरिया त्यति गाह्रो पनि छैन ”
पछिल्लो समय आत्महत्या तथा डिप्रेसनका घटनाहरु बाहिरिरहेको अबस्थामा पनि अथक मिहनेत र प्रयास गर्नेहो भने इपिएस कामदार पनि राम्रो स्थानमा पुग्न सकिन्छ भन्ने कुराको उदाहण हो l थेरै जना कादार रहेको उक्त कम्पनीमा उनले पाएको उक्त पदले धेरै नेपालीलाई हौसला प्रदान गर्ने देखिन्छ l

 

प्रतिक्रियाहरू