कोरियाको गजेदोमा भलिवल प्रतियोगिता सम्पन्न

770

दक्षिण कोरियाको गजेदो स्थित डेउ नेपाली एकता समाजको आयोजनामा यहि २७ तारिख आइतवारका दिन एकदिवसीय अन्तर डेउ भलिवल प्रतियोगीता सम्पन्न भएको छ ।

उक्त खेलमा ४ टिमको सहभागीता रहेको थियो । कन्चनजंगा, अन्नपुर्ण, सगरमाथा र माछापुछ्रे समुहमा विभाजन गरी खेल भलिवलको लिग सिस्टम अनुसार खेलाइएको थियो ।

खेलको विजेता कञ्चनजंगा टिम भएको थियो भने उक्त टिमका क्याप्टेन करन रसाइली रहनु भएको थियो साथै उपविजेता अन्नपुर्ण टिम भएको र उक्त टिमका क्याप्टेन दिवस छन्त्याल रहनुभएको थियो । गेममा ३ उत्कृष्ट विधाहरू पनी छुट्टाइको थियो जसमा वेष्ट स्पाइकर दिवस छन्त्याल, वेष्ट डिफेन्डर सनम लिम्बु र वेष्ट लिफ्टर भिम सिञ्जाली मगर भएका थिए । खेलका विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरूलाई नगद तथा सम्मानपत्रद्वारा पुरस्कृत गरिएको थियो । प्रवासी भूमिमा पनि यसरी नेपाली समाजले कार्यक्रम आयोजना गरेर खेल खेल्ने अवसर जुराईदिएकोमा खेलाडी तथा खेलप्रेमीहरू निक्कैनै हर्षित भएका थिए ।

उक्त कार्यक्रमको प्रमुख आतिथ्यता संस्थाका संरक्षक नोबिन्द्र कटुवालले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व डेउ नेपाली एकता समाजका अध्यक्ष उस्मेश आचार्यले गर्नु भएको थियो । कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष नबिन केसी तथा संस्थाका संरक्षक बिष्णुप्रसाद घिमिरे बिशिष्ठ अतिथिको रूपमा रहनु भएको थियो भने कायक्रम संचालन संस्थाका सचिव कुशल पुनले गर्नु भएको थियो। कार्यक्रम शान्त तथा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो ।

प्रतिक्रियाहरू