कोरियामा यो हप्ता अत्यधिक गर्मी बढ्ने , मौसम बिभाग द्वारा तातो लहरको चेतावनी जारि

805

दक्षिण कोरियाको राजधानी सिओल लगाएत देशका अन्य धेरै भागहरुमा यो हप्ता अत्यधिक गर्मी बढ्ने बताइएको छ l कोरिया मौसम विज्ञान प्रशासन (केएमए) का अनुसार सोमबार सियोल तथा आसपासको तापक्रम ३६ डिग्री सेन्टिग्रेड सम्म पुगेको छ l

यसरि तापक्रम बढ्ने क्रम अझै केहि दीन यथाबत रहने अनुमान संगै मौसम विभागले तातो लहरको चेतावनी (हिट वेव)जारी गरेको छ lजब तापक्रम बढेर ३५ डिग्री सेन्टिग्रेड वा त्यो भन्दा उच्च पुग्छ पुग्छ यस्तो चेतावनी जारि गरिन्छ l
मौसम एजेन्सीले यो हप्ताको बाँकी दिनको लागि ३६ डिग्री सेन्टिग्रेड सम्मको उच्च तापक्रम पूर्वानुमान गरेको छ l

केएमएले राजधानी आसपास बाहेक अन्य ठाउहरु , ख्यान्गीदो , खाङ्बन्दो दक्षिणी जेओला प्रान्त जेजु टापु लगाएतका ठाउहरुमा ३३ डिग्री भन्दा माथि तापक्रम मापन गरेको छ l जेजु लगायतका केहि स्थानहरुमा बर्षाको पनि अनुमान गरिएको छ l
मापनको हिसावले कोरियामा त्यति धेरै गर्मि बढेको नदेखिएतापनि ट्राफिक चाँप तथा पक्कि बाटोहरु तातेर अत्यधिक गर्मीको महसुश हुने गर्दछ l प्राय जुलाईको मध्यदेशी शुरु भएको गर्मि मौसम सेक्टेम्बरको पहिलो हप्ता देखि कम हुदै जान्छ l
उक्त समयमा प्राय साघुरो कम्पनी तथा कृषि क्षेत्रमा बाहिर काम गर्ने श्रमिकहरुले स्वास्थ्य सुरक्षा अपनाउन जरुरि छ l त्यसैगरी साघुरो कोठामा धेरै जना बस्नु पर्दा एयर कन्डिसनर चालाएपनी हल्का झ्यालहरु खोलेर सुतेमा अक्सिजनको अभाबले हुनसक्ने सम्भावित दुर्घटना बाट बच्न सकिन्छ l

प्रतिक्रियाहरू