कोरियामा लगातार १८ घण्टा भन्दा धेरै काम गर्दा एक श्रीलंकन कामदारको ज्यान गयो

1286
The dead woman's body. Focus on hand

दक्षिण कोरियाको ख्याङ्गिदो प्रान्त स्थित ह्वासंङमा १८ घण्टा भन्दा धेरै काम गर्दा एक श्रीलंकन कामदारको ज्यान गएको छ l
३३ बर्षीय ति कामदारले ह्वासंगमा रहेको एक प्लास्टिक कम्पनीमा बिगत ३ महिनादेखि काम गर्दै आइरहेका थिए l कम्पनीको आबस्यक उत्पादन पुर्याउनको निमित्त उनले दैनिक १८ भन्दा धेरै काम गर्ने गरेको ह्वासंग सेइबू प्रहरी लाइ उदृत गर्दै कोरिया टाइम्सले लेखेको छ l
प्रहरीका अनुसार उनको मृत्यु २५ तारिख बिहान ३:३० बजे कम्पनीमै काम गरिरहेको अबस्थामा भएको थियो l उनले अघिल्लो दीन बिहान ९ बजे देखि काम शुरु गरेका थिए l उनको मृत्यु ओइल प्रेसर कम्प्रेसरको प्लेट फेर्ने क्रममा भएको प्रहरीले जनाएको छ l
उक्त काम गर्ने क्रममा एक्कासी आबाज आएपछि त्यहाँ कार्यरत विदेशीले कामदारले कम्पनि म्यानेजरलाइ खबर गरेका थिए l
प्रहरीका अनुसार कम्प्रेसरमा केही तेल प्रेशर ग्यास रहेको थियो र त्यसले त्यसैको कारण मृत्यु भएको हुनसक्ने देखिन्छ l तर दुर्घटनाको वास्तविक कारणको बारेमा अनुसन्धान भैरहेको बताएको छ l
पीडित लगायत बिदेशी ३ जना कामदारले उक्त कम्पनीमा लगातार १८ घण्टा भन्दा बढी काम गर्दै आइरहेका थिए l कम्पनि म्यानेजर दुर्घटना हुनु भन्दा केहि घण्टा पहिले कम्पनि बाट बाहिरिएका थिए l

उत्पादनमा कमी आएको कारण कम्पनीले डेडलाइन भेट्ने समस्या भोग्नु परेको कारण मजदुरहरूले ओभरटाइम गरेर काम गर्नुपर्ने प्रहरीको अनुमान छ.l श्रम कानूनको उल्लंघन बारेमा अनुसन्धान भैरहेको बताएको छ l

प्रतिक्रियाहरू