दक्षिण कोरियाले यो हप्ता भित्र ७० प्रतिशत जनतालाई पहिलो डोजको कोरोना खोप पुरा गर्ने

170

दक्षिण कोरियाले घोषणा गरेको लक्ष अनुरुप यहि यहि हप्ता भित्र ७० प्रतिशत जनतालाई कम्तिमा पनि पहिलो डोजको कोरोना खोप पुरा गर्ने भएको छ l

कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) का अनुसार हाल सम्म ३३ मिलियन भन्दा बढी मानिसहरु अर्थात  कोरियाको कुल जनसंख्याको ६४ . ५ प्रतिशतले  खोपको कम्तीमा एउटा डोज लगाइसकेका छन् l सरकारले यहि सेक्टेम्बर भित्र ७० प्रतिशत खोप लगाउने लक्ष्य राखेको थियो l उक्त लक्ष छुसक अगाबै पुरा हुनेछ l

स्वास्थ्य अधिकारीहरुका अनुसार दोस्रो डोज पनि छिटै पुरा गर्ने लक्ष्य राखेको छ l सरकारले दोस्रो डोजको आपूर्ति तथा अन्य प्रक्रियाहरु जोडतोडले गरिराखेको छ l सरकारले दुइ डोज बिचको ४ देखि ६ हप्ताको समय अन्तरलाई समेत छोट्याउने तयारि गरेको छ l

प्रतिक्रियाहरू