धर्म परिवर्तन गराएको आरोपमा ४ कोरियन नागरिक नेपालमा पक्राउ

298

जिल्ला अदालत कास्कीले विभिन्न प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट पक्राउ परेका चार कोरियालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । आर्थिक अवस्था कमजोर भएका पोखरेलीलाई प्रलोभन देखाएर धर्म परिवर्तन गराएको आरोपमा पोखराबाट गत भदौ २९ मा पक्राउ परेका चार जना कोरियाली नागरिकलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

प्रलोभनमा पारेर धर्म परिवर्तन गराएको आरोप लागेका पार्क ब्योंकसुक, किम हिङकुङ, लि जिओनगा र किम युङहिलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश आनन्दप्रसाद श्रेष्ठको इजलाशले ४ जना कसूरदार होइनन् भनी भन्ने आधार नभेटिएको जनाउँदै कारागार पठाउने आदेश गरेको हो । थुनछेक बहसपछि उनीहरुलाई कसूरदार होइनन् भनी भन्न नमिल्ने भएकाले कारागार पठाउने आदेश दिइएको अदालतका सूचना अधिकारी निलप्रसाद पनेरुले जानकारी दिए ।

स्थानीयवासीले कोरियाली नागरिकहरुले गेस्ट हाउसमा मानिसहरू जम्मा गरेर खाजा खुवाउने, भजन कीर्तन गर्ने, आर्थिक सहयोग, बालबालिकालाई निःशुल्क विद्यालय पढाउने र चर्चमा लगेर धर्म परिवर्तन गराउने जस्ता कार्य गरेको आरोप लगाउँदै प्रहरीमा उजूरी गरेका थिए । रातोपाटि बाट

प्रतिक्रियाहरू