नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न , अध्यक्षमा गौतम

145

नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारण सभा सम्मपन्न भयको छ।
३अक्टोबर २०२१ मा भर्चुअल जुम माध्यम बाट आयोजित उक्त कार्यक्रममा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिँह थापा प्रमुख अतिथी हुनुहुन्थ्यो। त्येस्तै बिशेश अतिथिमा NRNA चिनका प्रतिनिधि, अस्ट्रेलियाबाट NRNA केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार धर्म राज अधिकारी, नेपाल पत्रकार महासघँ द कोरियाका अध्यक्ष रन्जन राज कुवंर, NCC कोरियाका अध्यक्ष श्री प्रसाद श्रेस्ठ र बागमती एकता समाज कोरियाका बरिस्ठ उपाध्यक्ष सुरज दर्लामी हुनुहुन्थ्यो।
विभिन्न जिल्ला सम्पर्क समिती कोरियाका प्रतिनिधिहरु र अन्य जातिय, क्षेत्रीय, राजनितिक संघसंस्थाका प्रतिनिधिहरु र नुवाकोट स्थाई ठेगाना भाइ कोरिया बसोबास गर्दै आउनु भयका सबैको उल्लास जनक सहभागितामा औपचारिक कार्यक्रम सम्पन भयो।
निवर्तमान अध्यक्ष सुन्दर प्रसाद अधिकारीको सभापतित्वमा भयको उक्त कार्यक्रममा, प्रमुख अतिथी विशेष अतिथी र अन्य अतिथिहरुले यश संस्थाले बिगतमा गरेका कामको प्रसम्सा र नयाँ आउने कार्यसमिती लाई सुभकमना दिदै, वर्तमान विभिन्न बिषयमा आफ्नो धारण राख्नु भयको थियो।
संस्थाका निवर्तमान अध्यक्ष सुन्दर प्रसाद अधिकारि ज्युले संस्थाको कार्यप्रगती र आर्थिक विवरण पेस गर्नु भयको थियो भने उत्त प्रतिबेदन सर्वसम्मतले पारित भयको छ। तेस्तै बिधान संशोधन गरि कार्यसमितिको कार्यकाल एक बर्ष बाट बढाएर दुई बर्ष र अन्य कुराहरु पनि सम्सोधन गरि सर्वसम्मति बाट पास भएको छ।संस्थाका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक रन्जन कुवंर को संयोजकत्वमा गठित निर्वाचन समितिले रामकुमार गौतम को अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्यसमिती सर्वसम्मत रुपमा गठन गरेको छ। नवनिर्वाचित अध्यक्ष राम कुमार गौतमले अब आउने कार्यकाल निस्पक्ष्य , सस्थालाई आर्थिक पारदर्शी , सस्थाको गरिमालाई घट्न नदिने प्रतिबध्दता जनाउनु भएको छ।

नुवाकोट समाज दक्षीण कोरियाको आठौं अधिवेशन 3 अक्टोबर 2021 बाट निर्वाचित पदाधिकारीहरु यस प्रकार रहनुभएको छ।

१) अध्यक्ष : राम कुमार गौतम
२) वरिष्ठ उपाध्यक्ष : टंक राना मगर
३) उपाध्यक्ष : अभिनाश तामाङ
४) महिला उपाध्यक्ष : रबिना श्रेष्ठ
५) सचिब: सुरेश भट्ट
६) सह- सचिब: सन्जन शार्मा
७) कोषाध्यक्ष : राम ढुंगाना
८) सह-कोषाध्यक्ष: अर्जुन तामाङ
९) सदस्य : जुना गुरुङ
१०) सदस्य : सुजन सिलवाल
११) सदस्य : बाबुराम रिमाल
१२) सदस्य : अस्बिन अधिकारी
१३) सदस्य : सुनिल रिजाल

प्रतिक्रियाहरू